• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
  • 02:29:06
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTDifferent songs

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको एसोसीयट सदस्यमा वाग्ले निर्विरोध निर्वाचित

दुलेगौंडा, ३० असोज । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको एसोसीयट सदस्यमा विपिन वाग्ले सर्वसम्मत निर्वाचित भएका छन् । मंगलवार भएको मनोनयनमा एसोसीयट सदस्यमा वाग्लेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक भानुभक्त सुवेदीले जानकारी दिए ।

 डिजी लिंक नेटवर्क प्रालिका अध्यक्ष वाग्ले तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम.का संस्थापक समेत हुन् । वस्तुगत सदस्यमा  उम्मेदवारी परेन् ।कार्तिक ३ गते हुने संघको अधिवेशनमा अध्यक्षमा समुन्द्रराम श्रेष्ठ र सुजित हिराचनले उम्मेदवारी दिएका छन् । काङग्रेस र माओवादी निकटक व्यवसायीहरुको गठबन्धन गरि श्रेष्ठले उम्मेदवारी दिएका हुन् भने एमाले निकट व्यवसायीबाट हिराचनले उम्मेदवारी दिएका हुन् । पदाधिकारी र सदस्यहरुमा पनि आवश्यकभन्दा बढिको उम्मेदवारी परेको छ । 

प्रतिकृया दिनुहोस