• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
  • 04:04:36
  • ON AIR Your Choice
  • UP NEXTShuklagandaki Samachar (Local)

मुनाल बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारणसभामा सम्मान

दुलेगौंडा, २० असोज । 
शुक्लागण्डकी–४ दुलेगौंडामा अवस्थित मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८०÷०८१ मा १६ करोड रुपैया ऋण लगानी गरेको छ । सहकारीको दुलेगौंडामा शनिवार भएको १२ औैं वार्षिक साधारण सभामा कोषाध्यक्ष  टोप बहादुर खातीले १६ करोड १७ लाख ६१ हजार रुपैया लगानी गरिएको जानकारी दिए ।

सहकारीको हाल ३ करोड ५६ लाख रुपैया शेयर पँुजी रहेको छ । साधारण सभाको सहकारी बोर्डका सदस्य एवम् जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिपराज अधिकारीले उद्घाटन गर्दै आर्थिक विकासको लागि सहकारी महत्वपूर्ण खम्बा रहेको उल्लेख गरे । उनले सहकारी निति र नियम भन्दा बाहिर जान थालेमा समस्या सृजना हुन सक्नेतर्फ सचेत गराए । सहकारीका अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार सदस्य इन्द्र प्रसाद पौडेल, उपाध्यक्ष उमाकान्त ढकाल, सञ्चालक समित सदस्य गजेन्द्र शर्मा, शेयर सदस्य रजनी थापा, शिक्षा उपसमति सदस्य रामचन्द्र पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा अध्यक्ष प्रदिप थापा, सचिव भिम बहादुर थापा, कोषाध्यक्ष टोप बहादुर खाती र लेखा सुपरिवेक्षण समिति संयोजक राजन रिमालले पेश गरेको क्रमशः अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा प्रतिवेदन पारित गरिएको थियो । सो अवसरमा विभिन्न तहमा उत्कृष्ट अंक ल्याउने शेयरधनी सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । दश जोड दुईतर्फ सृजा अधिकारीलाई सम्मान गरिएको थियो । सहकारीका जेष्ठ सदस्यहरु ललित प्रसाद मानन्धर, तुलसीराम पोख्रेल, लक्ष्मी कुमारी श्रेष्ठ र पार्वती रिमाल,  उत्कृष्ट कारोबार गर्ने दिपक श्रेष्ठ र बलविर सार्की, सहकारीका प्रबन्धक टेकी थापालाई सम्मान गरिएको थियो ।साथै संस्थाका सल्लाहकार राजुराम श्रेष्ठ दुलेगौंडा खानेपानी उपभोक्ताको अध्यक्षमा सर्वसमत निर्वाचित भएकोमा सफल कार्यकालको कामना गर्दै सम्मान गरिएको सहकारीले जनाएको छ । 

प्रतिकृया दिनुहोस