• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
  • 02:26:46
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTDifferent songs

शुभकामना बहुउदेश्यीय सहकारी १९ औं वार्षिक साधारणसभा

दुलेगौंडा, २० असोज । तनहुँको दुलेगौंडामा रहेको शुभकामना बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा बेलचौतारामा शुक्रवार सम्पन्न भएको छ । साधारणसभाको शुक्लागण्डकी नगरपालिका  आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले उद्घाटन गर्दै सहकारीहरु सहकारीको सिद्धान्त र भावना अनुसार सञ्चालन भएमा कुनै समस्या नआउने बताए । सहकारीका अध्यक्ष गायत्री प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एवम् सल्लाहकार ऋषि बस्नेत र खेमराज खनाल, उपाध्यक्ष हरि बहादुर खड्का, सचिव विष्णु बहादुर महत, कोषाध्यक्ष गजेन्द्र प्रसाद पौडेल, लेखा सपुरिवेक्षण समिति संयोजक सुनिल गौतम, शेयर सदस्य तुलसी कुमारी श्रेष्ठ, रामचन्द्र भण्डारी लगायतले बोलेका थिए । 
साथै शेयर सदस्यका छोराछोरीमध्य कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विश्वास थापा र उत्कृष्ट कृषक पुरस्कार ज्ञान प्रसाद भण्डारीलाई सम्मान गरिएको थियो । सो अवसरमा सचिव विष्णु बहादुर महत र कोषाध्यक्ष गजेन्द्र प्रसाद पौडेलले पेश गरेको सचिव र कोषाध्यक्षको प्रतिवेदन छलफलपछि पारित भएको थियो । कुल ६ करोड ७५ लाख ३० हजार रुपैया शेयर पुँजी रहेको सो सहकारीमा कुल निक्षेप  २२ करोड ७० लाख ६८ हजार रुपैया छ । ३६ करोड ६४ लाख ९८ हजार रुपैया लगानी र ६ करोड १८ लाख रुपैया जगेडा कोष रहेको कोषाध्यक्ष महतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस