• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 10:22:19
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

डि.जि लिंकको दशैं तिहार बहार

दुलेगौंडा, ११ असोज । इन्टरनेट सेवा प्रदायकहरूको भीडमा उत्कृष्ट इन्टरनेट प्रदायकको आफ्नो छुट्टै पहिचान बनाउन सफल डि.जि लिंक नेटवर्कले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै डि.जि लिंकको दशैं तिहार बहार योजना सार्वजनिक गरेको छ ।

शुक्लागण्डकीमा मुख्य कार्यालय रहेको इन्टरनेट सेवा प्रदायक डि.जि लिंक नेटवर्कले  दशै तिहामा आफ्ना ग्राहकलाई लक्षित गर्दै असोज १ गते उक्त योजना सार्वजनिक गरेको हो । उक्त योजना अन्तर्गत कम्पनीका पुराना प्रयोगकर्ताले एक वर्षको इन्टरनेटको बिल भुक्तानी गर्दा २५ प्रतिशत छुट पाउनेछन् । यसअघि एक वर्षको भुक्तानी गर्दा १५ प्रतिशतले छुट दिँदै आएको डि.जि लिंक नेटवर्कले असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म एक वर्षको इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्ताको लागि २५ प्रतिशत छुट दिन लागेको हो ।  कम्पनीले १०० एमबीपीएसको इन्टरनेट एक वर्षको भुक्तानी गर्दा सम्पूर्ण करसहित मात्र रु ८ हजार ९ सय ९९ र  १५० एमबिपिएसको इन्टरनेटर एक वर्षको भुक्तानी गर्दा सम्पूर्ण करसहित मात्र रु १० हजार ८ सय र २०० एमबीपीएसको ईन्टरनेट एक वर्षको भुक्तानी गर्दा सम्पूर्ण करसहित १२ हजार १ सय ५० रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

साथै छ महिनाको इन्टरनेट एकमुष्ट भुक्तानी गर्ने ग्राहकले एक महिनाको इन्टरनेट निशुल्क पाउनेछन् भने तीन महिनाको इन्टरनेट एकमुष्ट भुक्तानी गर्ने ग्राहकले ५ प्रतिशत छुट पाउनेछन् ।  कम्पनीको इन्टरनेटको बिल ईसेवा र खल्ती एपबाट पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका भित्र र म्याग्दे गाउँपालिका, पोखरा महानगरपालिकाको केही क्षेत्र र स्याङ्जाको केही स्थानमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । 
 

प्रतिकृया दिनुहोस