• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 10:21:03
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

पोखरा रोयलको एकाई सभा सम्पन्न, निक्षेप संकलन १७ प्रतिशतले वृद्धि

दुलेगौंडा, ६ असोज । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकाई ‘ग’ दुलेगौंडा सेवा केन्द्र  र एकाई ‘ख’ भण्ढारढिक र मोहरिया सेवा केन्द्रको २३ औं साधारणसभा शनिवार सम्पन्न भएको छ । दुलेगौंडा सेवा केन्द्रको दुलेगौंडा र भण्ढारढिक र मोहरियाको भण्डारढिकमा सम्पन्न भएको सहकारीले जनाएको छ । शनिवार भएको दुलेगौंडाको साधारणसभाबाट ५ जना एकाई प्रतिनिधी छनौट भएका छन् । यसैगरी भण्डारढिकबाट ६ जना छनौट भए ।

असोज ७ गते पोखरामा एकाई प्रतिनिधीको निर्णय प्रमाणिकरण भएपछि २३ औं वार्षिक साधारणसभा सम्पन्न हुने प्रमुख कार्यकारी अधिकृत भिम गुरुङले जानकारी दिए । एकाई प्रतिनिधी निर्णय प्रमाणीकरण सभामा एकाईबाट छनौट भएका २६ जनासँगै, सञ्चालक समिति, विभिन्न उपसमिति सदस्यहरुको सहभागिता रहने गुरुङले बताए । धेरै सदस्य भएकाले वार्षिक साधारण सभालाई व्यवस्थपन गर्ने यो प्रणाली नौलो अभ्यासको शुरुवात गरिएको हो ।

कार्यक्रममा लेखा समिति सदस्य नारायण सुवेदी, सञ्चालकहरु हरि बहादुर गुरुङ, एक बहादुर गुरुङ, शेयर सदस्यकोतर्फबाट सरस्वती सिग्देल, देउ बहादुर गुरुङ लगायतले बोलेका थिए । 


२०५९ साल जेठ ८ गते स्थापना भएको पोखरा रोयलमा ९ हजार ३ सय ५६ सदस्यहरु छन् । आर्थिक वर्ष २०८०÷८१ मा शेयर पुँजी १५ करोड २ लाख ४० हजार रुपैया रहेको उपाध्यक्ष क्याप्टेन चन्द्र प्रसाद गुरुङले जानकारी दिए । निक्षेप संकलन गत वर्षको तुलानामा करिव १७ प्रतिशतले वृद्धि भई १ अर्ब ९१ करोड ४९ लाख रुपैया पुगेको छ । ऋण लगानी १ अर्ब ६७ करोड ४६ लाख रुपैया छ । कुल सदस्यको करिव १४ प्रतिशतले ऋण सेवा उपभोग गरिरहेका छन् । हाल संस्थाको जगेडा कोषमा २१ करोड १७ लाख बराबरको रहेको छ । पोखराको अमरसिंहचोकमा केन्द्रिय कार्यालय रहेको सहकारीको ४ वटा कार्यालय र ५ जिल्ला कार्यक्षेत्र छन् ।
 

प्रतिकृया दिनुहोस