• शुक्रबार ६-४-२०८१/Friday 09-20-2024
  • 05:37:59
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTKayakairan

शुक्लागण्डकी सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

दुलेगौंडा, ३ असोज । तनहुँको दुलेगौंडामा अवस्थित शुक्लागण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा विहिवार दुलेगौंडामा सम्पन्न भएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै सहकारीका जेष्ठ शेयर सदस्य खिमलाल गैह्रेले सहकारीले छरिएर रहेका पुँजीलाई एक ठाउँमा ल्याएर लगानी गर्न सहज बनाएको बताए । उनले अहिलेको समय उत्पादनको भएकाले यसतर्फ ध्यान दिनुपर्नेमाजोड दिए ।सहकारीका सल्लाहकार दधिराज पौडेलले आर्थिक अवस्था सुधार भएमात्र समग्र शुक्लागण्डकी बन्ने बताउदै क्षेत्राधिकारभित्र पर्ने हरेक संस्थालाई स्थानीय सरकारले नियमन, अनुगमन र कार्वाहीको प्रक्रियालाई अगाडी बढाउन सुझाव दिए । 

सहकारीका अध्यक्ष सरद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष लेख बहादुर पुन, उपाध्यक्ष सुर्यमणि लामिछाने, लेखा समितिका संयोजक आनन्द सुन्दर श्रेष्ठ, सचिव भरत पौडेल, सदस्य शर्मिला श्रेष्ठ, शेयरधनी सदस्य पार्वती नेपाली लगायतले बोलेका थिए । 

सो अवसरमा सहकारीले शेयर सदस्यमध्यबाट एकल नारी सम्मानबाट अशोमाया श्रेष्ठ, जेष्ठ नागरिक सम्मानबाट खिमराज गैह्रेलाई सम्मान गरेको छ । साथै शेयरधनी सदस्यका सन्ततीमध्य कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने छात्र सुदिप लामिछाने र छात्रा शुलोचना सुवेदीलाई नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको सचिव पौडेलले जानकारी दिए । साथै उत्कृष्ट निक्षेपकर्तातर्फ लक्ष्मण भण्डारी र लक्ष्मी गुरुङलाई सम्मान गरियो । सहकारीको ३ करोड ७० लाख ६ हजार रुपैया शेयर पुँजी, १० करोड ३२ लाख ८५ हजार निक्षेप र १० करोड ९६ लाख ८१ हजार रुपैया कर्जा लगानी रहेको कोषाध्यक्ष खेमराज काफ्लेले जानकारी दिए । सहकारीको कुल ४२ लाख ३९ हजार रुपैया सम्भावित कर्जा जोखिम कोष र ६४ लाख ८१ हजार रुपैया जगेडा कोषमा रहेको काफ्लेले बताए । २०६९ सालमा ६२ जना शेयर सदस्यबाट शुरु भएको सहकारीमा हाल २ हजार ६१ जना शेयरधनी सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस