• शुक्रबार ६-४-२०८१/Friday 09-20-2024
  • 03:50:46
  • ON AIR
  • UP NEXTBhakti Darshan

सम्बादात्मक कथा बाचन प्रस्तुति प्रतियोगितामा खैरेनी मावि प्रथम

दुलेगौंडा, ३० भदौ । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा शुक्लागण्डकी नगरस्तरीय बाल सञ्जालको आयोजनामा सम्बादात्मक कथा बाचन प्रस्तुति प्रतियोगिता सम्पन्न भएको छ । शुक्लागण्डकी नगरपालिकाको सभाहलमा शनिवार सम्पन्न प्रतियोगितामा खैरेनी मावि प्रथम हुन सफल भएको छ । यसैगरी अरनिको माध्यमिक विद्यालय खैरेनीटार द्धितीय र छब्दी मावि, छब्दी तृतीय भएको छ । नगरका १६ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायक संयोजकमा जनार्दन दाहाल र सदस्यहरुमा जुना खड्का र हरि खरेल रहेका थिए ।  प्रतियोगिताको उदघा्टन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले कठिन परिस्थिति र अध्ययनबाट बश्चित रहेका बालबालिकालाई उद्धारका साथै अध्ययनमा सहयोग गरिरहेको बताए । बाल सञ्जालका अध्यक्ष निश्चल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खुम बहादुर विक राजु, सञ्जालका सल्लाहकार ममता अधिकारी लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस