• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024
  • 08:33:00
  • ON AIR Tol Tolma Shuklagandaki
  • UP NEXTNepal Khabar

नेपाल बुद्धिजीवी संगठन शुक्लागण्डकीमा पूर्ण बहादुर 

दुलेगौंडा, २७ जेठ । नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी संगठनको शुक्लागण्डकी नगरको प्रथम भेलाले पूर्ण बहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय शुक्लागण्डकी नगर समिति चयन गरेको छ ।

शनिवार दुलेगौंडामा सम्पन्न भेलाबाट उपाध्यक्षमा भानुभक्त सुवेदी, बुद्धिबहादुर कार्की, भगवती गौतम सचिवमा लोकनाथ सिग्देल चयन भए । सहसचिवमा नारायणदत्त पौडेल, ध्रुवराज प्रधान र विजय थापा, कोषाध्यक्षमा आरती सुवेदी चयन भए । अन्तमान श्रेष्ठ, रामबहादुर कार्की, हर्कबहादुर कार्की, ऋषिराम शर्मा, दिलबहादुर ढकाल, कमलकान्त पौडेल, मोहनबहादुर कार्की, सन्जय थापा सार्की, मोहदत्त पोख्रेल र पदमराज बराल सदस्य रहेका छन् ।  नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य शिव बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा तनहुँ इन्चार्ज आशा कोइराला, शुक्लागण्डकी नगर समिति उपाध्यक्ष रामचन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस