• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024
  • 02:31:08
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTDifferent songs

शुक्लागण्डकीमा कर्मकाण्ड तालिम शुरु

दुलेगौंडा, २७ जेठ । विश्व हिन्दु महासंघ शुक्लागण्डकी नगर समितिलले आयोजना गरेकोे छैटौ कर्मकाण्ड तालिमको उद्घाटन गरिएको छ । नगर क्षेत्रमा पुरोहित उत्पादन गरेर धर्म संरक्षणकालागि आयोजित सो तालिमको शनिवार शुक्लागण्डकी नगरपालिका वडा नं. ४ का अध्यक्ष राजकुमार वाग्लेले उद्घाटन गरे । सो अवसरमा उनले धर्म संरक्षणका लागि युवाहरु एक भएर जागरुक हुनुपर्नेमा जोड दिए । उनले पछिल्लो समयमा विभिन्न कारणले हिन्दु धर्ममाथि आक्रमण हुन थालेको भन्दै ओमकार परिवार गोलबन्द भई सामना गर्नुपर्ने उल्लेख गरे । वुद्धिजीवी मोती प्रसाद पौडेलले धर्म संस्कृतिले मानवलाई सभ्य गतिशिल,उदारवादी र सकरात्मक सोचको विकास गर्ने बताए । संस्थाका अध्यक्ष नारायण घिमिरेले जन्मदेखि मृत्युसम्मका सवै धार्मिक संस्कारका विषय तालिममा सिकाइने बताए ।


ब्राम्हण समाज शुक्लागण्डकीका अध्यक्ष ऋषिराम पौडेलले हिन्दु धर्म संरक्षणकोलागि जनप्रतिनिधीको महत्वपूर्ण भूमिका रहने बताउदै यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे ।  विश्व हिन्दु महासंघ नेपाल शुक्लागण्डकी नगर कार्य समितिका अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी पदमलाल लामिछाने,  ठाकुर प्रसाद शास्त्री, दिव्यरमण अर्याल विजया लामिछान, कोषाध्यक्ष इन्दिरा पौडेल लगायतले बोलेका थिए । तालिममा हिन्दु धर्म अनुसार गरिने पुजापाठ, कर्मकाण्डका ज्ञान तथा सिप सिकाइने अध्यक्ष घिमिरेले जानकारी दिए । एक हप्ता सम्म निःशुल्क हुने तालिममा ३० सहभागी रहेको महासंघले जनाएको छ । तालिममा पण्डित ऋषिराम पौडेल, महासंघका अध्यक्ष नारायया घिमिरे र नागरिक समाजका पूर्व अध्यक्ष दिव्यरमण अर्यालले सहजिकरण गर्नेछन् । 

प्रतिकृया दिनुहोस