• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024
  • 12:41:41
  • ON AIR Amaka Katha Chorika Sapana (Re-caste)
  • UP NEXTFataurika Guf

एमाले शुक्लागण्डकीको नेतृत्वकोलागि चार जनाको उम्मेदवारी

दुलेगौंडा, २४ जेठ । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीको नयाँ नेतृत्वकोलागि उम्मेदवारी मनोनयन चलिरहेको छ । नगरको नेतृत्वकालागि रघुनाथ पौडेल,  दुर्गा कुमार श्रेष्ठ, देवन गुरुङ र राम कुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।  अन्य पदाधिकारीमा पनि आवश्यक भन्दा धेरैको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले अहिले प्रारम्भिक नामावली प्रकाशनको तयारी गरिरहेको निर्वाचन समिति संयोजक पदमलाल लामिछानेले जानकारी दिए । 


बुधवार शुरु भएको दोस्रो अधिवेशन अन्तर्गत विहिवार १२ बजेदेखि मनोनयनको समय निर्धारण गरिएको थियो ।  केहि वडाहरुबाट भुगोल अन्तर्गत नगर सदस्यमा सर्वसम्मत भएका छन् । वडा नं. २ बाट भुगोलतर्फ परशुराम खनाल, सुर्यराज वाग्ले र दिपशिखा न्यौपाने सर्वसम्मत भए । वडा नं. ४ बाट भुगोलतर्फ पूर्ण बहादुर आले, शर्मिला श्रेष्ठ, प्रकाश लामिछाने र चालीस वर्षमुनि देवीभक्त राना नगर सदस्यमा सर्वसम्मत भए । यसैगरी वडा नं. ८ बाट नारायण सिं थापा, मोहन पौडेल र कोपिला महत सर्वसम्मत भए । वडा नं. १० बाट जगत खत्री, याम बहादुर खाँड, चन्द्रकला पौडेल र ४० वर्षमुनिबाट जीवन भट्टराई सर्वसम्मत भए । वडा नं. ११ बाट हेमचन्द्र लम्साल, मणिरत्न सिग्देल, शान्ति भुजेल र ४० वर्षमुनिबाट शकुन्तला श्रेष्ठ नगर समिति सदस्यमा सर्वसम्मत निर्वाचित भए ।

वडा नं. १२ बाट भुगोलतर्फ भिम बहादुर गुरुङ, सरिता राई, तुलसी सुनार र ४० वर्षमुनिबाट मुन कुमार गुरुङ सर्वसम्मत भए । अन्य वडाहरुबाट पनि सर्वसम्मतको प्रयास जारी रहेको बताइएको छ । अधिवेशनले ६७ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने कार्यालय सचिव तिर्थराज खनालले जानकारी दिए ।  
 

प्रतिकृया दिनुहोस