• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024
  • 10:17:58
  • ON AIR Hello Shuklagandaki Quiz
  • UP NEXTNepal Khabar

गणतन्त्र दिवसको अवसरमा सरसफाइ

दुलेगौंडा, १६ जेठ । १७ औं गणतन्त्र दिवसको अवसरमा सरसफाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम शुक्लागण्डकीमा मंगलवार सम्पन्न भएको छ । सहिद स्मृति पार्क शुक्लागण्डकी– २ चुहुनेमुडाद्वारा आयोजित कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज आशा कोइराला , तनहुँ जिल्ला संयोजक मदन आले, शुक्लागण्डकी नगरपालिका उपप्रमुख खुम बहादुर बिक राजु , शुक्लागण्डकी नगरपालिका वडा नं. २ का अध्यक्ष सुमन बहादुर राना मगर लगायतको सहभागिता थियो । सो अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।

गणतन्त्र दिवसको अवसरमा  नेपाल रेडक्रस सोसाइटी तनहुँले दमौलीमा आयोजना गरेको रक्तदान कार्यक्रममा १८ युनिट रगत संकलन भएको  छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, कालीभञ्जन गण (इ) का सेनानी कुसुम पहारी, नेकपा (एमाले) का अध्यक्ष हरिराज कंडेल लगायत सहभागी थिए ।  

दिवसकै अवसरमा  दमौलीमा विहान प्रभातफेरि निकालिएको थियो । यसैगरी घिरिङ गाउँपालिका–३ कालाभैरव मन्दिर घिरिङ कोटमा श्री नं. ३ राजदल गण खैरेनीटारले गणतन्त्र दिवसको अबसरमा मन्दिर सरसफाइ गरेको छ । 
 

प्रतिकृया दिनुहोस