• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
  • 01:04:03
  • ON AIR Sangit Darpan
  • UP NEXTShuklagandaki Samachar

नेकपा माओवादी शुनपा–११ मा जगत

दुलेगौंडा, १६ जेठ ।  नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगरपालिका वडा न ११ को तेस्रो वडा भेला सम्पन्न भएको छ ।

वडा समितिका अध्यक्ष  खिमलाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकि केन्द्रिय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज आशा कोइराला, तनहुँ संयोजक ओमराज आले (मदन), शुक्लागण्डकी उपप्रमुख खुम बहादुर बिक राजु, गण्डकी प्रदेश सदस्य जौ माया बराल, नगर समिति अध्यक्ष मनराज गुरुङ लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

भेलाले जगत बहादुर महतको अध्यक्षतामा २९ सदस्यीय वडा समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा द्वय पुर्ण प्रसाद भट्टराई र नारायण दत्त भट्टराई, सचीव बिशाल पौडेल, सहसचिव मोहन भुजेल र कोषध्यक्षमा बिन्दु सिग्देल निर्वाचित भएका छन ।

प्रतिकृया दिनुहोस