• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024
  • 10:22:05
  • ON AIR Hello Shuklagandaki Quiz
  • UP NEXTNepal Khabar

वक्तित्वकला प्रतियोगितामा पञ्चमुनिदेव माविकी पुनम प्रथम


दुलेगौंडा, १५ जेठ । शुक्ला साहित्य संगम तनहुँले दुलेगौंडामा सोमवार आयोजना गरेको माविस्तरीय वक्तित्वकला प्रतियोगितामा पञ्चमुनिदेव माविकी पुनम सेन प्रथम भएकी छिन् । 

युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत संघीय गणतन्त्रले स्थानीयकरणमा पारेको प्रभाव विषयमा आयोजित प्रतियोगितामा गाउँफर्कोदय माविकी सजना भट्टराई द्धितीय र लिटल गार्डेन बोर्डिङ स्कुलका इजाज अलिी तृतीय भए । यसैगरी ज्ञान बगैचा इङ्लीस बोर्डिङ स्कुलकी प्रतिमा पौडेल सान्त्वना हुन सफल भइन् ।  प्रथम, द्धितीय, तृतीय र सान्न्तवना हुन सफल विद्यार्थीले क्रमशः तीन हजार, २ हजार ५ सय, २ हजार र १ हजार रुपैया र प्रमाणपत्र पाए । संगम अध्यक्ष टुकादेवी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुम बहादुर विक राजु, संगमका संरक्षक शेषमणि आचार्य लगायतले बोलेका थिए । 


शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा २० विद्यालयका ३५ विद्यार्थीको सहभागिता थियो । निर्णायक मण्डलका संयोजक शिक्षा ,युवा तथा खेलकुद शाखाका अधिकृत सुशील नराल तथा सदस्यहरुमा सगरमाथा साहित्य प्रतिष्ठानकी केन्द्रिय उपसचिव लिलि अधिकारी  र गीतल मञ्च तनहुँका संयोजक बन्धुराज अधिकारी थिए । 
 

प्रतिकृया दिनुहोस