• आइतबार १-१६-२०८१/Sunday 04-28-2024
  • 02:32:58
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTDifferent songs

प्रकृतिमा रमाउन जाऔं भुजिकोट

दुलेगौंडा, २७ कार्तीक । तनहुँको  दुलेगौंडा र खैरेनीटार बजारको शिर भुजिकोट । दुलेगौडा–कोत्रे हुदै करिव ७ किलोमिटर र दुलेगौंडा –वनकेवा हुदै करिव ५ किलोमिटर यात्रा । जहाँबाट कास्कीका तालहरु नियाल्न सकिन्छ । अन्नपूर्ण हिमश्रृखंखला अन्तर्गत पर्ने माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, धौलागिरी, गणेश लगायतका मनोरम हिमालहरु आखै अगाडी पर्दा जो कोहिको मन लोभ्याउछ । साथै सेती नदि र शुक्लागण्डकीको सेती पारिका क्षेत्र भनेर चिनीने ढोर क्षेत्र समेत प्रष्टरुपमा देख्न सकिन्छ । दुलेगौंडा, खैरेनीटार, कोत्रेलाई कोइरोले ढाक्दा त अकाशमाथि उडेजस्तै अनुभव हुन्छ । भुजिकोट र दगाम क्षेत्र प्रकृतिलाई नजिकबाट नियाल्ने उपयुक्त स्थान पनि हो । वनजंगलमा फुल्ने ढकमम्क लालीगुराँसले स्वागत गरिरहेको हुन्छ । गुरुङ र मगरको बसोबास क्षेत्र रहेको यस गाउँमा उनीहरुको रहनसहन, भेषभुषा, कला, सँस्कृतिसँग पनि रम्न सकिन्छ । व्यवसायिक मौरी पालनको अवलोकन र महको खरिद बिक्रीका लागि पनि यस क्षेत्र परिचिति छ । 

प्रकृतीको सौन्दर्यमा छैन कुनै खोट
मायाँ लाउने भए साईला आउ है भुजिकोट

दुलेगौंडाका व्यवसायी समेत रहेका साहित्यकार नारायण श्रेष्ठले भुजिकोट क्षेत्रलाई समेटेर हालै सृजना गरेको गीतको टुक्कामा भनेजस्तै यस क्षेत्रको सौन्दर्यमा कुनै खोट छैन । उनले प्रकृतिसँग आनन्द लिन यस क्षेत्रलाई रोज्न प्रकृतिप्रमेलाई आग्रह गरेका छन् । यो गीत रेकर्ड भइसकेको छ । ४ वर्षअघि निर्माण सम्पन्न भएको भुजिकोट ‘भ्यू टावर’ का परिकल्पनाकार समेत रहेका श्रेष्ठले सो गीतको म्यूजिक भिडियो बनाउने योजना बनाएका छन् । हिजोआज डाडाँहरुमा दृश्याअवलोकनका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको देख्दा उनलाई भुजिकोटमा पनि थाम्न नसक्ने गरी पर्यटक पुग्ने उनको विश्वास छ । उनले यस क्षेत्रको प्रचारप्रसारका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिए । 

शुक्लागण्डकी–२ स्थित भूजिकोटमा टावर निर्माण भएपछि स्थानीयलाई थप आशा जागेको हो । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौडा बजार इकाईको समन्वयमा सो टावर निर्माण गरिएको हो । पछिल्ला ४÷५ वर्षयता दैनिकजसो पर्यटकहरुको चहलपहल बढिरहेको थियो तर विश्वभर फैलिको कोरोना भाइरसका कारण चैत यता सुनसान हुदै आएको छ । केहिदिन यता भने युवायुवतीहरु पुग्ने गरेका छन् । 

सो क्षेत्रलाई स्थानीय, प्रदेश र संघ सरकारले पनि प्राथमिकतामा राखेको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत तनहुँ क्षेत्र नं. २ का सांसद केदार सिग्देलले भुजिकोट, दगाम पुग्ने सडकका लागि ५० लाख विनियोजन गरेका थिए । सो बजेटले वडाको मकावनुपरसम्म स्तरोन्नती भएको छ । शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षमा ४० लाख रुपैया छुट्याएको छ । सो रकमले बाँकी रहेको स्तरोन्नती र नाली बनाउने मेयर किसान गुरुङले बताए । उनले नगरका पर्यटकीय स्थलको समानरुपमा विकास गर्दै लैजाने उल्लेख गरे । वडा नं. २ का अध्यक्ष जगत बहादुर गुरुङले पर्यटनको प्रचुर सम्भावना बोकेको यस वडालाई प्रचार प्रसारको खाँचो रहेको औंल्याए । 
पर्यटकको बसाईको लागि होमस्टेको पनि व्यवस्था गरिएको छ । यहाँ ४ स्थानमा होमस्टे छन् । गण्डकी प्रदेश सरकारले पर्यटकीय नमुना गाउँ बनाउन लागिपरेको प्रदेश सभा सदस्य आशा कोइरालाले जानकारी दिईन । प्रदेशले गत आर्थिक वर्षमा विनियोजन गरेको ४० लाख रुपैयामध्य भुजिकोटमा पर्यटकीय स्वागत गृह, दगाममा होमस्टे भवन, इमान्दारमा पैदल हिड्ने सिँढी र स्थानथोकमा सङ्ग्राहलय निर्माण गरिएको छ । प्रत्येक होमस्टेलाई १०÷१० लाख रुपैया छुट्याइएको थियो । प्रदेश सभा सदस्य कोइराला भन्छिन, ‘यस क्षेत्रको पर्यटकीय विकासका लागि जनताको चासोसहितको सहभागिता हुनुपर्ने खाँचो छ ।’ 

शुनपा–२ वडा सदस्य दान बहादुर थापाले भ्यू टावरले पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । ‘यहाँका प्रत्येक डाडाँहरु ऐतिहासिक छन । बाइसे चौबीसे राज्यकालका विभिन्न बस्तुहरु हेर्न अझै सकिन्छ,’ उनले भने, ‘अध्ययन अनुसन्धानको लागि पनि उपयुक्त छ ।’  दगाम निवासी उनले सबैको सक्रिय सहभागिता भएमा यस क्षेत्रको परिवर्तन गर्न सकिने उल्लेख गरे । उनले यस क्षेत्रमा पूर्वाधारसँगै स्थानीय उत्पादन भएमा मात्र स्थानीयले आम्दानी गर्न सक्ने बताए । थापाले हर्कपुर मोटर मार्गको वनकेवा खण्ड पिच सकिएपछि भुजिकोट र दगामसँगको दुरी सहज र छोट्टिने जानकारी दिए । 

प्रतिकृया दिनुहोस