• आइतबार २-६-२०८१/Sunday 05-19-2024
  • 07:58:35
  • ON AIR Different songs
  • UP NEXTNepal Darpan

आदिवासी जनजाति शुक्लागण्डकी महोत्सव अन्तिम चरणमा

दुलेगौंडा, २५ पुष ।तनहुँको खैरेनीटारमा विहिवारबाट शुरु हुने आदिवासी जनजाति शुक्लागण्डकी सांस्कृतिक महोत्सव–२०७५ को तयारी अन्तिम चरणमा पुगेको छ ।


नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीको आयोजनामा हुने महोत्सवको उद्घाटन प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गर्ने छन् । 
महोत्सवमा १ सय स्टल निर्माण गरिनुका साथै आदिवासी जनजातिका सँस्कृति झल्कने घर समेत बनाइएको छ । साथै मौलिकता झल्काउन काठको ८ पिर्के रोटे र लठ्ठे पिङ निर्माण गरिएको प्रवक्ता मन बहादुर पुनले जानकारी दिए । 


महोत्सव सहआयोजकमा शुक्लागण्डकी नगरपालिकामा रहेका नेपाल मगर संघ, तमु ह्यूल छोंजधिं, देयः देवु नेवा खल, भुजेल समाज सेवा समिति, नेपाल कुमाल समाज, तामाङ घेदुङ, मार्फा थकाली समाज सेवा सदन, राई समाज शुक्लागण्डकी नगरपालिका रहेका छन् ।  अमूल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासी जनजातिको अभियान’ नाराका साथ हुने महोत्सव माघ ६ सम्म चल्ने छ ।
 

प्रतिकृया दिनुहोस