• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 03:03:14
  • ON AIR
  • UP NEXTBhakti Darshan

कोत्रे महायज्ञमा करिव १ करोड संकलन

दुलेगौँडा, २ पुष । कास्की र तनहुँको सिमानामा रहेको शुक्लागण्डकी–२ कोत्रेमा भएको महायज्ञमा करिव १ करोड रुपैया दान संकलन भएको छ ।  


श्री सिद्धेश्वर मन्दिरको सर्वाङ्गिण विकास एवम् ज्वालादेवी मन्दिरको निर्माण सहयोगार्थ भएको श्रीमद भागवत धनधान्याञ्चल विराट ज्ञान महायज्ञमा ९७ लाख ३ हजार १ सय ९६ रुपैयाँ दान संकलन भएको प्रवक्ता तिर्थ खनालले जानकारी दिए । महायज्ञमा सबैभन्दा धेरै शुक्लागण्डकी–२ कोत्रेका सुमन राना मगरले  ३ लाख ६७ हजार र जनकराज सिग्देलले ३ लाख ५५ हजार प्रदान गरेका छन् । वडा नं. २ को कार्यालयले ५ लाख रुपैया प्रदान गर्ने घोषणा गरेको छ ।


शनिवार महायज्ञको समापन गर्दै प्रदेश सांसद आशा कोइरालाले यस क्षेत्रको विकासको लागि स्थानीय र प्रदेश सरकार सहकार्य गर्नुपर्ने बताईन् । उनले सबैको आर्थिक अवस्था सुधार र गरिवी हटाउन उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरिन् । वडा नं. २ का अध्यक्ष जगत बहादुर गुरुङले यस क्षेत्रको विकासका लागि स्थानीय जागरुग भएको बताउदै निर्माणका क्रममा वडाले सक्दो सहयोग गर्ने बताए ।  


संकलित रकमले कोत्रेबजार माथि जुवादी अमलकोटमा  रहेको ज्वाला देवीको मन्दिरमा पुग्ने पूर्वाधार निर्माणमा समेत खर्चिने श्री सिद्धेश्वर मन्दिरका अध्यक्ष खेमराज खनालले जानकारी दिए । महायज्ञमा प्रमुख वाचक भागवत रसिक युवागुरु ऋषिराम महाराजजीले संगीतमयरुपमा  कथाबाचन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस