• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
  • 04:20:23
  • ON AIR Your Choice
  • UP NEXTShuklagandaki Samachar (Local)

महिला स्वास्थ्य स्वयंम सेवीलाई राज्यले उपेक्षा ग¥यो

दुलेगौंडा, २० मंसिर । तल्लो तहबाट स्थास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याएका महिला स्वास्थ्य स्वयंम सेवीहरुलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । 


शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखाले बुधवार १५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम् सेविका दिवसमा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।  महिला स्वास्थ्य स्वयंम सेवीका सरस्वती सिग्देलले राज्यको निर्णयलाई निशुल्क कार्यान्वयन गर्ने सेवीकाहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको दुःखेसो गरिन । ‘हामी निश्वार्थ खटिएका हुन्छौं’ उनले भनिन, ‘तर तलब खाएर हिडेका छन भन्ने बुझाई धेरैमा छ ।’ समृद्ध नेपाल बनाउन स्वास्थ्य सेवा प्रभावकारी हुनुपर्ने बताउदै महिला स्वंयम सेवी विना यो सम्भवन नभएको बताउदै सरकारले यसतर्फ नजर पु¥याउनुपर्ने उनको भनाई छ ।  


शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइलीले नगरपालिकाले स्वयम्सेवीहरुको सम्मान गर्ने बताईन् । ‘दिनभर कार्यक्रममा खटिनुपर्छ, भोकै कसैले काम गर्दैन,’ उनले भनिन् ‘कम्तिमा यातायात र खाजा खर्चसमेत पर्याप्त दिनुपर्छ, यो विषयलाई बैठकमा राखेर अगाडी बढाउछुँ ।’ ‘तपाईहरुकै मिहिनेतका कारण नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर घटेको हो, तपाँईहरु अगुवा पनि हो, स्थानीय सरकारले सम्मान गर्छ,’ उनले थपिन् । 


शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले विगतको तुलनामा स्वंयमसेवीहरुलाई हेर्ने दृष्टिकोण राम्रो हुदै गएको बताए । खैरेनीटार स्वास्थ्य चौकीका प्रमुख प्रभात अधिकारीले स्थानीय निकायले ध्यान नपु¥याउदा स्वास्थ्य सेवामा समेत प्रभावित हुन थालेको बताए । उनले महिला स्वास्थ्य स्वयं सेविकाहरुकै प्रयास स्वरुप नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर घटेको बताए । स्वास्थ्य चौकीकी अनमी राधिका गौतमले टोलस्तरसम्म स्वास्थ्यका विभिन्न अभियानका साथै प्राथमिक स्वास्थ्य उपचार र जनचेतना जगाउनमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरिन् । 


सो अवसरमा ६ जना उत्कृष्ट महिला स्वास्थ्य स्वंयम सेविकालाई सम्मान गरिएको थियो । ढोरफिर्दी स्वास्थ्यचौकीबाट निर्मला सहानी, खैरेनीटारबाट शान्ता घिमिरे, राईपुरबाट अस्मिता श्रेष्ठ, दुलेगौंडाबाट यमकला पौडेल, थप्रेकबाट विष्णुमाया परियार र फिरफिरेबाट योगिता गुरुङलाई सम्मान गरिएको थियो । 
नेपालमा करिव ५५ हजार महिला स्वास्थ्य स्वयंम सेवीहरु छन् । सरकारले यो कार्यक्रम वि.सं २०४५ बाट सुरु गरेपनि दिवसको रुपमा वि.स. २०६० सालमा शुरु गरेको हो । ‘महिला स्वास्थ्य स्वयम् सेविकाको निश्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने नाराका साथ देशभर दिवस मनाइएको छ ।
 

प्रतिकृया दिनुहोस