• सोमबार ५-१-२०८३/Monday 08-17-2026
  • 02:39:04
  • ON AIR
  • UP NEXTBhakti Darshan

पोखरा–ढोरबाराही मन्दिर वृहत साईकल यात्रा हुने

दुलेगौंडा, २८ साउन । 
भदौको पहिलो साता पोखराबाट खैरेनीटार हुदै ढोरवाराही मन्दीर सम्म वृहत साईकल यात्रा हुने भएको छ । साईकल सिटी पोखरा र शुक्लागण्डकी साईकल सिटीको आयोजनामा भदौ ६ गते शनिवार सो यात्रा हुन लागेको हो । पोखराबाट आउने सहभागीलाई कोत्रेमा स्वागत गर्ने तयारी छ भने शुक्लागण्डकीका साईकल यात्रीहरु कोत्रेमा जम्मा भएर दुलेगौडा– खैरेनीटार हुदै ढोरवाराही मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ । त्यसपछि  वडा नं. २ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम परिसरमा पुगेर समापन गरिने त्रिलोचन लम्सालले जानकारी दिए । यात्रामा सहभागि हुन  हेलमेट अनिवार्य र १५ वर्ष उमेर पुगेको हुनुपर्ने आयोजकले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस