• शुक्रबार ७-१६-२०८१/Friday 11-01-2024
  • 02:00:18
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTDifferent songs

चिसापानीका किसानलाई ७५ प्रतिशत अनुदानमा गहुँको बिउ वितरण

दुलेगौंडा, १६ कार्तिक । स्याङजाको हरिनास–२ चिसापानीमा रहेको चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका किसानलाई गहुँको बिउ वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाको आर्थिक वर्ष २०८१÷८२ को खाद्यान्न बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा बिउ वितरण गरिएको हो । प्रतिकिलो २१ रुपैया २५ पैसामा ५० जना किसालाई ४ सय ४० केजि गहुँको बीउ बितरण गरिएको सहकारीका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार ढुवानी खर्च बापत छुट्टै रकम किसानहरुबाट लिइएको छ । वि.स. २०७७ सालमा स्थापना भएको सहकारीले ग्रामिण भेगमा रहेका किसानलाई व्यवसायिक रुपमा अगाडी बढाउन विभिन्न कार्यहरु गर्दै आएको छ । हाल ८०% अनुदानमा पशु बिमा, किसानहरुको म्यादी जीवन बिमा,  कृषि यान्त्रिकरण ५०% अनुदानमा बितरण गरिरहेको सहकारीले जनाएको छ । छरिएर रहेका पुँजीलाई एकत्रित गरि किसानलाई सहुलियत दरमा कर्जा लगानी गर्नु, विउविजन, मल उपलब्ध गराउने उदेश्यका साथ सञ्चालित सहकारीमा हाल करिव ९ सय सदस्य आवद्ध छन् । हाल वडा नं. १, २ र ३ नं. वडामा सेवा प्रदान गर्दै आइरहेको यस सहकारीले निकट भविष्यमा अन्य वडामा समेत सेवा विस्तार गर्दैछ । 

प्रतिकृया दिनुहोस