• शुक्रबार ७-१६-२०८१/Friday 11-01-2024
  • 08:10:56
  • ON AIR Nepal Chautari
  • UP NEXTNepal Khabar

पूर्व निर्धारण गरिएपनि नगर प्रमुख पण्डितले समय नदिएको गुनासो

दुलेगौंडा, १२ असोज । पूर्व निर्धारण गरिए अनुसार नागरिक पहिलो अभियान नगर तदर्थ समिति शुक्लागण्डकीले नगर प्रमुख कृष्णराज पण्डितलाई ज्ञापन पत्र बुझाउने कार्यमा नगर प्रमुखले समय नदिएको बताएको छ । 

आइतवार विहान ११ बजे अभियानकोतर्फबाट नगर भित्रका विभिन्न समस्याबारे ज्ञापनपत्र बुझाउने कार्यमा नगर प्रमुख पण्डितले समय उपलब्ध नगराएको संयोजक जनार्दन वियोगीले जानकारी दिए ।

हामीले उहाँलाई नगर परिसरमा पुगेपछि फोन ग¥यौं, म घरयासी कार्यमा व्यस्त छु, भन्नुभयो, नगर उपप्रमुखलाई खबर गर्छु भन्नुभयो, वियोगीले भने, तर उहाँको कार्यकक्षमा पुगेर केहि समयपछि सम्पर्क गर्दा वडा नं. १२ को कार्यक्रममा जानुपर्ने भयो भन्नुभयो, उपप्रमुख पनि आउनुभएन । सर्वसाधारणकोतर्फबाट थोरै सयममा सकिने ज्ञापन पत्र बुझाउने कार्यमा समेत महत्व नदिनुले राम्रो सन्देश नगएको अभियानमा सहभागी महेश्वर भट्टराईले बताए ।

नगर प्रमुख पण्डित नआएपछि पत्रकारबीच ज्ञापन पत्र पढेर सुनाइएको थियो । ज्ञापनपत्रमा नगर भित्र रहेका नदिजन्य सामग्री नियमसम्मत तरिकाले सदुपयोग गर्नुपर्ने, क्रसर उद्योग तथा अन्य उद्योगहरु उद्योग सञ्चालनको नियम कानुनभित्र रहेर मात्र सञ्चालन गर्न कडाई गर्नुपर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने, किशोर अवस्थाका बालबालिकामा दुव्र्यसन नियन्त्रण तथा निरुत्साहित गर्नुपर्ने, नदिनाला लगायत पानीका स्रोत, धार्मिक स्थलहरु त्था बजार समेतमा सरसफाईमा ध्यान दिनुपर्ने लगायतका बुँदाहरु समावेश गरिएको छ । अभियानका संयोजक वियोगीले ज्ञापनपत्रमा समावेश गरिएका विषयहरु सर्वसाधारण नगरवासीको बीचमा लैजाने जानकारी दिए ।

प्रतिकृया दिनुहोस