• बुधबार ७-१४-२०८१/Wednesday 10-30-2024
  • 01:54:33
  • ON AIR
  • UP NEXTBhakti Darshan

शुक्लागण्डकीमा योजना सम्झौता शिविर

दुलेगौंडा, १३ असोज । तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगर र वडा स्तरीय योजनालाई प्रभावकारि रुपमा सञ्चालन  र सम्पन्न गर्न वडामै पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । नगरपालिकाले आवश्यकता अनुसार वडा वडामा योजना सम्झौता शिविर सञ्चालन गर्ने उदेश्य सहित सोमबारबाट शिविर सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए 
जनतालाई घरदैलोमै पुगेर सेवा दिने नगपालिकाको लक्ष्य अनुसार सोमबार वडा नम्वर २ मा शिविर सञ्चालन गरिएको थियो । उक्त शिविर मार्फत १६ वटा योजना सम्झौता गरिएको नगरपालिकाका सुचना अधिकारी समेत रहनुभएका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले जानकारी दिए । ।लम्सालले नगर स्तरीय पूर्वाधार विकासका योजनाहरु सम्झौता गर्न नगरपालिकाका कर्मचारी र एनआइसी एसिया बैकका कर्मचारीहरु संयुक्त रुपमा वडा वडामा पुग्ने उल्लेख गरे ।  
प्रमुख प्रशासकीय अधिकृत लामगादेले शिविर सञ्चालनबाट नगर स्तरीय योजना समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने विस्वास ब्यक्त गरे ।  उनले उपभोक्ता समिति योजना सम्झौता गर्न ढिला आउने र काम समेत समयमा नहुने भईहालेपनि गुणस्तरीय नभएको पाइएकाले नगरपालिकाले शिविर मार्फत सेवा दिन थालेको बताए । योजना सम्झौता शिविरमा सेवा लिन आएका उपभोक्ताहरुले नगरपालिकाको कार्यले सहजता भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस