ढोरबाराही मन्दिरमा पाँच थान डस्टबिन वितरण

दुलेगौंडा, १३ असोज । लियो क्लब अफ दुलेगौँडा खैरेनी सिटी को १४ औं वार्षिक उत्सव तथा चार्टड डे को अवसरमा सोमवार शुक्लाण्डकी नगरपालिका वडा नं.९ स्थित प्रसिद्ध धार्मिक स्थल ढोरबाराही मन्दिरमा सरसफाई तथा पाँच थान डस्टबिन वितरण गरिएको छ ।
सो अवसरमा लियो डिस्ट्रिक्ट ३२५ एम नेपालका डिस्ट्रिक्ट प्रेसिडेन्ट प्रेमराज तिवारीले क्लवको सक्रियता र सामाजिक कार्यको प्रशंसा गरे । लियो क्लब अफ दुलेगौडा खैरेनी सिटीका अध्यक्ष विवेक वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ दुलेगौँडा खैरेनी सिटीका थर्ड भाइस प्रेसिडेन्ट राम प्रसाद लम्साल, सचिव विष्णुप्रसाद अर्याल, लियो क्लबका पूर्व अध्यक्ष कोमलबहादुर बानिया, धर्मराज पोखरेल (विनोद), प्रथम उपाध्यक्ष सुशान पौडेल, क्लबका सदस्य विपिन रिमाल, सन्दीप लम्साल, प्रीति तिवारी ,मोनिका भण्डारी, कामना पोखरेल र सुजन तिमिल्सिना लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस