• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 10:22:57
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

बजार अुनगमनका क्रममा जफत गरिएका बस्तु नष्ट  

दुलेगौंडा, ६ कार्तिक । शुक्लागण्डकी नगरपालिकाले बजार अुनगमनका क्रममा जफत गरेका विभिन्न वस्तुहरु मंगलवार नगर परिसरमा नष्ट गरेको छ । नगरले दशै अगाडी  २ सय ८७ वटा पसल, व्यवसायिक फर्ममा अनुगमन गरेको थियो । 


अनुगमनका क्रममा तुलनात्मक रुपमा सबैभन्दा बढी म्याद गुज्रेका सामान फेला पारिएको थियो । विक्रिका लागि बन्देज गरिएका बस्तु, पेयपदार्थ, चाउचाउ, बिस्कुट, मसला, म्याद गुज्रेका सामान खाल्डो खनेर पुरिएको राजश्व शाखा प्रमुख रामचन्द्र सुवेदीले जानकारी दिए । उनले जफत गरिएका विषादीयुक्त वस्तुहरु नष्ट गर्ने मापदण्ड अनुसार नष्ट गरिने छ ।

व्यवसायी, प्रहरी, पत्रकार लगायतको रोहबरमा जफत गरिएका बस्तु नष्ट गरिएको हो । अनुगमनका क्रममा विगतका तुलनामा सुधार हुदै गएको पाइएको राजश्व शाखा प्रमुख सुवेदीले बताए । नगरले चाडपर्व नजिकिएसँगै अनुगमन गरेको थियोे । यसैबीच दर्ता र नविकरण नगरेका फर्महरु अनुगमनपछि दर्ता र नविकरणमा आएको सुवेदीले जानकारी दिए । उनले यसपटक दर्ता र नविकरण नभएका व्यवसायलाई ५ हजारसम्म जरिवना गरिएको उल्लेख गरे । दर्ता र नविकरणमा नआएकालाई हामी अब पत्रचार गर्छौ उनले भने । उनका अनुसार नगर भित्र व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा वडामा व्यवसाय दर्ता गरेको हुनुपर्छ । 
 

प्रतिकृया दिनुहोस