• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 03:40:49
  • ON AIR
  • UP NEXTBhakti Darshan

सुर्य नेपाल प्रा.लिद्धारा पहिरोबाट पिडित र प्रभावित  परिवारलाई राहत

दुलेगौंडा, २५ असार । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ काउरेमा पहिरोबाट पिडित र प्रभावित  परिवारलाई सुर्य नेपाल प्रा.लिले राहत सामग्री वितरण गरेको छ । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको उपस्थितिमा सोमवार काउरेमा आयोजित कार्यक्रममा पिडित र प्रभावित ६ घर परिवारलाई खाद्यान्न, लत्ताकपडा, टेन्ट लगायतका सामग्री प्रदान गरिएको  कम्पनीका मानव संसाधन प्रमुख अञ्जन दुवाडीले जानकारी दिए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, सुर्य नेपाल प्रालिका व्यस्थापक बाबुराम कार्की, शुक्लागण्डकी–७ का वडाध्यक्ष खड्ग सिं थापा मगर, वडा नं. ५ का अध्यक्ष एवम् विपद व्यवस्थापन समिति सभापति दिर्घ बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । शुक्रबार रातिदेखि परेको पानीले शनिबार काउरेमा हिरा नेपालीको घरमाथिबाट पहिरो जादा ३ जनाको मृत्यु भएको थियो । पहिरोमा परि हिरासहित उनका छिमेकीहरु दुई जनाको मृत्यु भएको थियो । 

प्रतिकृया दिनुहोस