• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 03:40:49
  • ON AIR
  • UP NEXTBhakti Darshan

साँखे–चिसापानी सडकखण्डमा दर्जन बढि स्थानमा पहिरो, सडक अवरुद्ध

दुलेगौंडा, २५ असार ।  तनहुँको साँखे र स्याङ्जाको चिसापानी जोड्ने सडकको विभिन्न स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको छ । शुक्रवारदेखि भएको निरन्तर वर्षाले एक दर्जन बढि स्थानमा पहिरो गएको हो । शुक्लागण्डकी  नगरपालिका केन्द्र दुलेगौडालाई साखे चिसापानी हुदै हरिनास गाउपालिकाको केन्द्र चुलिडाडा जोड्ने गरि गोल्डेन गुड –बानीया जेभिले सो सडक निर्माण गरिरहेको छ । 


कालिकोट, भेडाबारि, राहाले, चिसापानी, भिरपानी, राम्चे, चित्रे लगायतका क्षेत्रमा पहिरो गएको हरिनाश गाउँपालिकाका प्रवक्ता ओम प्रकाश सिग्देलले जानकारी दिए ।  ‘केहि स्थानमा बाटो, गेबिन जालि, मेसनरि वाल र नाला समेत बगाएको छ, उनले भने, दुई ठाउँमा सडकको बेसनै छैन, नयाँ ट्रयाक खुल्नुपर्ने भएको छ ।’ सिग्देलले निर्माण कम्पनीले सोमवारदेखिनै पहिरो पन्छाउने काम गरिरहेको जानकारी दिए । उनले मौसमले साथ दिएमा १÷२ दिनमा सडक सुचारु हुने बताए । 


चार वर्षअघि सम्झौता भई स्तरोन्नतीको काम भएको सो खण्डमा यसअघि २०७९ सालमा पनि पहिराले क्षति पु¥याएको निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर कपिलमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस पटकको वर्षामा करौडको नोक्सान भएको छ । गाउँपालिकासम्म र भित्री सडक गरि १६.८३ किलोमिटरको दुरी मुल्य अभिवृद्धि करसहित ३२ करोड ६५ लाख ४७ हजारमा सम्पन्न गर्ने गरि २०७७ सालमा निर्माणकालागि सम्झौता भएको थियो । हालसम्म करिव ८० प्रतिशत काम भएको सो सडक आगामी मंसिर ५ गतेभित्र सक्नुपर्ने छ । 
 

प्रतिकृया दिनुहोस