• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 03:40:48
  • ON AIR
  • UP NEXTBhakti Darshan

प्रदेश सर्वोत्कृष्ट कृषि पुरस्कारबाट शुक्लागण्डकीका कृषक हरि पुरस्कृत

दुलेगौंडा, २३ असार । तनहुँको शुक्लागण्डकी–१० स्थित युनिक मल्टि एग्रो प्रालिका सञ्चालक हरि बहादुर खड्का गण्डकी प्रदेश स्तरीय सर्वोत्कृष्ट कृषि पुरस्कारबाट पुरस्कृत भएका छन् । 
कृषि तथा भूमी ब्यवस्था मन्त्रालय गण्डकीले पोखरामा आइतवार आयोजना गरेको एक कार्यक्रमकाबीच  प्रदेश निति तथा योजना आयोगका सदस्य माया तिमील्सीना, मन्त्रालयका सचिव टंक प्रसाई, निर्देशनालयका महानिर्देशकहरु बाशुदेव रेग्मी र प्रेरणा सेढाई भट्टराईले पुरस्कार प्रदान गरे ।  सर्वोत्कृष्ट कृषकबाट पुरस्कृत खड्काले नगद ३० हजार, दोसल्ला र सम्मानपत्र प्राप्त गरे ।  उनीसहित चार जना कृषक प्रदेश उत्कृष्ट कृषकबाट पुरस्कृत भए । उत्कृष्ट कृषकबाट कास्कीका पदम बहादुर तामाङ, नवलपुरका निराजन पाण्डे, मुस्ताङका निरज तुलाचन र लमजुङका केश कुमारी गुरुङ्ग पुरस्कृत भए । उनीहरुलाई नगद २० हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

गण्डकी प्रदेशमा गोरखा बाहेक १० जिल्लामा यसअघि ४÷४ जना गरि कुल ४० जना कृषक जिल्लास्तरमा पुरस्कृत भएका थिए । जिल्लाबाट पुरस्कृत मध्ये उत्कृष्ट १ जनाको नाम  प्रदेश स्तरीय पुरस्कारका लागि जिल्लाबाट पठाईए बमोजिम १० जना कृषकको पुन मन्त्रालयबाट अनुगमन मूल्याङ्कन गरि सर्वोत्कृष्ट १ र उत्कृष्ट ४ कृषक छनौट गरि पुरस्कार बितरण गरिएको कृषि विकास महाशाखा प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए । कृषि तथा भूमी ब्यवस्था मन्त्रालय गण्डकीका सचिव डा. टंक प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृषि विकास महाशाखा प्रमुख  भट्टराईले गरेका थिए ।     
 

प्रतिकृया दिनुहोस