• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 03:40:48
  • ON AIR
  • UP NEXTBhakti Darshan

वर्षाका कारण तनहुँका विभिन्न स्थानमा विद्युत प्रभावित 

दुलेगौंडा, २३ असार । अविरल वर्षाका कारण विभिन्न तनहुँका स्थानमा विद्युत प्रभावित भएका छन् । पहिरोले  दमौली–खैरेनीटार ३३ के.भि.प्रशारण लाईनको कुम्लेखोला मालेबगरमा ३ वटा र मौरिओडारमा ४ वटा पोल  ढल्दा उक्त  लाईन अबरुद्ध  छ । खैरेनी सवस्टेशनमा सप्लाई हुने सो लाईन अवरुद्ध हुँदा तनहुँको ५ वटा, नवलपुरको २ वटा र स्याङ्जाको १ वटा स्थानिय तहमा लाईन प्रभावित भएको छ । अविरल वर्षात,अवरुद्द सडक र पोल गाड्ने स्थानमै पहिरो गएको कारण ३३ के.भि.लाईन मर्मत गरि सन्चालन गर्न समय लाग्ने नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका इन्जिनीयर निरोज पौडेलले बताए । 


वैकल्पिक रुपमा लेखनाथ सवस्टेशनको ११ के.भि.खैरेनी फिडरबाट सम्पुर्ण स्थानमा लाईन सन्चालनका लागि प्रयास भैइरहेकोमा विभिन्न स्थानमा पहिरो र बाढिका कारण वितरण लाईनका पोलहरु ढलेका कारण  हालसम्म आधा स्थानमा मात्र लाईन सुचारु भएको केन्द्रले जनाएको छ । अन्य स्थानमा सन्चालन गर्ने कार्य भैइरहेको छ । बैकल्पिक रुपमा सन्चालन गरिने लाईनमा कम भोल्टेज प्रवाह हुने पौडेलले बताए । शु.न.पा. ८ को ढोरर्फिर्दी, भिमाद– ३ को जलौदी, भिमाद–२ को बोक्सानमा बितरण लाईनका पोलहरु पहिरोले ढली त्यस तर्फको लाईन अवरुद्द छ  । अविरल बर्षातका कारण मर्मत कार्य सम्पन्न गर्न समय लाग्ने बताइएको छ । भिमाद न.पा. ५ मा बुडुवा खोलामा असार २२ गते आएको बाढिका कारण खैरेनिटार देखि घिरिङ तर्फ प्रशारित ३३ के.भि.लाईनको ८ वटा पोल बगाएको  ई. पौडेलले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस