• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 03:40:48
  • ON AIR
  • UP NEXTBhakti Darshan

काउरे पहिरोमा परि बेपत्ता दुई जनाको खोजी विहानदेखि पुनः शुरु

दुलेगौंडा, २३ असार । तनहुँको शुक्लागण्डकी–७, काउरेमा हिरा नेपालीको घर पहिराले बगाउदा बेपत्ता दुई जनाको खोजी आइतवार विहानदेखि पुनः शुरु गरिएको छ । शनिवार दिनभरको खोजीमा बेपत्ता ४० वर्षिय हिरा नेपालीको मात्र शव फेला परेको थियो । हराइरहेका छिमेकीहरु ३७ वर्षिया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी विहान पाँच बजेदेखि पुनः शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षका गणेश सुवेदीले जानकारी दिए । खोजी कार्यमा नेपाल प्रहरी, विशेष सुरक्षा गण ढोरफिर्दी र  स्थानीय लगायत जुटेका छन् । 

अविरल वर्षाका कारण शनिवार दिउँसो नेपालीको घरको सामान सार्ने क्रममा उनीसहित २ जना छिमेकी बेपत्ता भएका थिए ।  घट्नामा पाँच जना घाइते भएका छन्  । घाइते मध्य चार जना जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचारे केन्द्रमा उपचारपछि शनिवारै डिस्चार्ज भएका छन् भने ४० वर्षिय विष्णु बहादुर नेपालीको उपचार भइरहेको वडा नं. ६ का अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिए । उनको अवस्था सामान्य छ ।  
 

प्रतिकृया दिनुहोस