• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 03:40:48
  • ON AIR
  • UP NEXTBhakti Darshan

शुक्लागण्डकीको काउरेमा पहिरोमा परेर तीन जना बेपत्ता, पाँच जना घाइते

दुलेगौंडा, २२ असार । तनहुँको शुक्लागण्डकी–७, काउरमा हिरा नेपालीको घर पहिराले बगाउदा तीन जना बेत्तपा भएका छन् । अविरल वर्षाका कारण शनिवार दिउँसो नेपालीको घरको सामान सार्ने क्रममा उनीसहित २ जना छिमेकी बेपत्ता भएको वडा नं. ७ का अध्यक्ष खड्कसिं थापा मगरले जानकारी दिए । सो घट्नामा पाँच जना घाइते भएका छन्  ।

घाइतेहुनेहरुमा सोहि ठाउँका ४० वर्षिय विष्णु बहादुर नेपाली, २६ वर्षिय विशाल तिमिल्सीना, ३५ वर्षिय रवि घिमिरे, १८ वर्षिय रुपकुमार नेपाली र १५ वर्षिय विमल नेपाली रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुको अवस्था सामान्य छ । पहिरो आएको देख्ने बित्तिकै उनीहरु भागेका थिए । भाग्ने क्रममा उनीहरु घाइते भएका हुन् । उनीहरुको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । 


बेपत्ता हुनेमा ४० वर्षिया हिरा नेपाली, छिमेकीहरु ३७ वर्षिया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेका इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक गणेश सुवेदीले जानकारी दिए । बेपत्ताको साँझसम्म खोजी गरिएपनि फेला पार्न नसकिएको उनले बताए । 
 

प्रतिकृया दिनुहोस