• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 03:40:48
  • ON AIR
  • UP NEXTBhakti Darshan

पृथ्वीराजमार्गको दमौली– खैरेनीटार सडक पूर्णरुपमा अबरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

दुलेगौंडा, २२ असार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं ७ शेरास्थित फेदीखोलामा रहेका कल्भट बगाएपछि राजमार्ग अबरुद्ध भएको छ ।


सो स्थानमा पुरानो पुल भत्काएर नयाँ सम्पन्न हुने क्रममा रहेको छ । वैकल्पिक रुपमा कजवे राखेर आवतजावत सहज बनाइएको थियो । तर निरन्तर वर्षाले खोल्साको पानी बढ्दा कजवे बगाएको हो । यसअघि पनि सो क्षेत्रमा कजवे बगाउदा सडक अवरुद्ध भएको थियो ।  सडक अवरुद्ध हुँदा  यात्रुहरू अलपत्र परेका छन् । अवरुद्ध सडक नियमित सुचारु गर्न कजवे बनाउने काम चलिरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक गणेश सुवेदीले जानकारी दिए । यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले सडक पूर्णरुपमा अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयो गर्न आग्रह गरेको छ । 
 

प्रतिकृया दिनुहोस