• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 03:40:48
  • ON AIR
  • UP NEXTBhakti Darshan

जनकल्याणमा कानुनी सचेतना

दुलेगौंडा, ८ असार । जनकल्याण माध्यमिक विद्यालय बेलचौतारा तनहुको आयोजना, रूम टु रिड, पढ्नको लागि कोठा अन्तर्गत बालिका शिक्षा कार्यक्रमको सहकार्य एवं तेस्रो आँखा कानुनी सेवाको प्राविधिक सहयोगमा जनकल्याण माध्यमिक विद्यालयका कक्षा ६ देखि १० सम्मका २४० जना विद्यार्थीहरूका लागि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय थापा सार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेस्रो आँखा कानुनी सेवा केन्द्रका अधिवक्ता त्रय मिलन आले, प्रज्वल गुरुङ र विनिता थापा मगरले “महिला अधिकार तथा महिला सम्बन्धी कानुन लागु औसत सम्बन्धी प्रावधान मानव बेचबिखन र साइबर क्राइम र साइबर सुरक्षा“ सम्बन्धी विषयमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा शुभकामना एवम् धन्यवाद दिदै  जनकल्याण माविका प्रधानाध्यापक दीपक विश्वकर्माले यस किसिमको कार्यक्रमले विद्यार्थीहरूमा कानुनसम्बन्धी आधारभूत ज्ञान प्राप्त हुने र उनीहरूको जीवनयापनमा सहजता आउने बताए । जनकल्याण माध्यमिक विद्यालयका शिक्षक विष्णु खनालले सञ्चालन गरेको कार्यक्रम मा उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई स्वागत बालिका शिक्षा कार्यक्रमका प्रतिनिधि अनिता भण्डारीले गरेकी थिइन ।

प्रतिकृया दिनुहोस