• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 03:40:48
  • ON AIR
  • UP NEXTBhakti Darshan

आगामी वर्षकालागि शुक्लागण्डकी नपाको १ अर्ब १२ करोडको बजेट पेश, एक व्यक्ति एक तालिम मार्फत सीप अभिवृद्धि गरिने

दुलेगौंडा, ७ असार । शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ कालागि १ अर्ब १२ करोड ३९ लाख रुपैयाको बजेट प्रस्ताव गरेको छ । शुक्रवार भएको १५ औं अधिवेशनमा नगर प्रमुख कृष्णराज पण्डितले अनुमानित आय पेश गरेका हुन् । 


संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १४ करोड ४६ लाख, संघीय सरकारबाट राजश्व बाडाफाँडतर्फ प्राप्त रकम १३ करोड १० लाख रुपैया, शसर्त अनुदान ६२ करोड ३६ लाख, विशेष अनुदान ६० लाख, समपुरक अनुदान १ करोड १० लाख प्राप्त हुने अनुमान छ । 


यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड १० लाख , राजश्व बाडाफाँड १ करोड ९६ लाख ९ हजार, समपुरक अनुदान १ करोड प्राप्त हुने अनुमान गरिएको छ । यसैगरी नगरको आन्तरिक आय १२ करोड १० लाख, सडक बोर्ड नेपालबाट अनुदान ७० लाख, भरजग्गा रजिष्ट्रेशन शुल्क ३ करोड रुपैया प्राप्त हुने अनुमान छ । प्रस्तावित बजेटमा ४७ करोड ४९ लाख ३ हजार पूर्वाधार, ४ करोड १५ लाख ५६ हजार सामाजिक, १ करोड १८ लाख ७३ हजार आर्थिक, १ करोड १८ लाख ७३ हजार वातावरण र ५९ लाख ३६ हजार रुपैया सुशासनतर्फ सिलिङ राखिएको नगर प्रमुख पण्डितले जानकारी दिए । चालु आर्थिक वर्षमा १२ करोड ५१ लाख रुपैया आन्तरिक आम्दानी गर्ने प्रक्षेपण गरेको नगरले आगामी आर्थिक वर्षमा १२ करोड १० लाख रुपैया लक्ष्य राखेको छ । 

नगरका वडाहरुमा कुल ११ करोड ८७ लाख ३४ हजार रुपैया विनियोजन गरिएको छ । सबैभन्दा बिढ वडा नं. ५ ले १ करोड २७ लाख र सबैभन्दा कम वडा नं. ४ ले ७८ लाख ७१ हजार ४ सय ७१ रुपैयाको सिलिङ पाएका हुन् । भुगोल २५ प्रतिशत, जनसंख्या ४५ प्रतिशत, राजश्व संकलन, समग्र विकासको स्थिति र वडाको कार्यसम्पादन १० प्रतिशतलाई आधार बनाएर सिलिङ तोकिएको हो । वडा नं. १ ले ९४ लाख ५२ हजार, वडा नं. २ ले १ करोड १४ लाख ९९ हजार, वडा नं. ३ ले ८६ लाख ८४ हजार, वडा नं. ६ ले ९७ लाख ७७ हजार, वडा नं. ७ ले ९८  लाख ३ हजार, वडा नं. ८ ले १ करोड १२ लाख, वडा नं. ९ ले ७९ लाख ३४ हजार, वडा नं. १० ले १ करोड ८ लाख १० हजार, वडा नं. ११ ले ९२ लाख ४८ हजार र वडा नं. १२ ले १ करोड १८ लाख ७३ हजार रुपैयाको बजेट छ ।


निति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख खुम बहादुर विक राजुले नगरले हालसम्म प्रदान गरेका तालिम तथा क्षमता विकास कार्यक्रम र सहभागिको लगत तयार गर्ने जानकारी दिए । आगामी वर्षदेखि तालिमको पहुँच नपुगेका व्यक्तिलाई उच्च प्राथमिकता प्रदान गर्दै तालिममा दोहोरपना नआउनेगरी एक व्यक्ति एक तालिम मार्फत सीप अभिवृद्धि गरिने बताए । तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालनको मापदण्ड तयार गरिने छ । साथै प्रशिक्षक सुचिकृत गरी नगरपालिका तथा वडास्तरीय कार्यक्रम सञ्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी आगामी आर्थिक वर्षदेखि योजना नखुलेको खबण्डा रकम नराखिने निति लिइने विकले बताए । निर्धारित मिति पछाडि योजना सम्झौता गर्ने र योजनाको दायित्व अर्को वर्षमा सार्ने प्रवृत्तिलाई निरुत्साहित गरिने उल्लेख छ । स्थानीय स्रोतको भरपुर उपयोग गरी मुख्य सडक भनि पहिचान भएको ३ सय किलोमिटर सडकलाई क्रमशः ढलान र पक्की गर्दै जाने नितिलाई निरन्तरता दिइने बताए । हालसम्म ९५ प्रतिशत भरधुरीमा पायप मार्फत खानेपानी पुगेको जानकारी दिदै आगामी दुई वर्षमा शत प्रतिशतलाई पु¥याउने जानकरी दिए । 
नगरसभा सदस्यहरुलाई उल्लेखित निति तथा कार्यक्रम अध्ययनकोलागि प्रदान गरि शुक्रवार सभा स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादले बताए । । निति तथा कार्यक्रम आगामी असार २७ गतेको सभामा छलफल गरि पारित गरिने नगर प्रमुख पण्डितले जानकारी दिए ।  

 

प्रतिकृया दिनुहोस