• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 06:18:12
  • ON AIR Kayakairan
  • UP NEXTNepali Bahas

विद्यालयको जमिन र किमलडाडाँ घाटमा भएको उत्खननको विषयमा छानवीन गर्न समिति गठन

दुलेगौंडा, ६ असार । गाउँफर्कोदय माविको जमिनमा भएको उत्खनन र किमलडाडाँ घाटमा भएको भनिएको अनियमिताकोे विषयमा छानवीन गर्न शुक्लागण्डकी नगरपालिकाले छानविन समिति गठन गरेको छ । विहिवार बसेको कार्यपालिका बैठकले उप प्रमुख खुम बहादुर विक राजुको संयोजकत्वमा ८ सदस्यीय  विषयगत समितिका सभापति सदस्य रहनेगरी समिति बनाइएको हो । सदस्यहरुमा पूर्वाधार विकास समिति सभापति खिम बहादुर कुमाल, सामाजिक विकास शाखा सभापति रविचन्द्र पौडेल, शुसासन समिति सभापति राजकुमार वाग्ले, विपद व्यवस्थापन समिति सभापति दिर्घ बहादुर थापा, विधायन समिति सभापति राजेन्द्र भट्टराई क्षेत्री, आर्थिक विकास समिति सभापति इन्द्र गुरुङ र सदस्य सचिवमा इन्जिनीयर तारापति भट्टराई रहेका छन् । 
समितिले गाउँफर्कोदयको उत्खननस्थलको जमिनमा गई अवलोकन गर्नुका साथै विहिवारै स्थानीयसँग छलफल गरेको छ । सहभागिले उत्खनन भएको यकिन तथ्यांककोलागि नापजाच गर्न माग गरे ।

प्रतिकृया दिनुहोस