• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 03:40:47
  • ON AIR
  • UP NEXTBhakti Darshan

गाउँफर्कोदयको जमिन सरोकार समितिद्धारा नगर प्रमुख पण्डितको ध्यानाकर्षण

दुलेगौंडा, ६ असार ।  गाउँफर्कोदय माविको जमिनमा भएको उत्खननको विषयमा गठित सरोकार समितिले शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितको ध्यानाकर्षण गराएको छ । 

सरोकार समितिका संयोजक याम बहादुर खाडँको नेतृत्वमा गएको टोलीले विहिवार ध्यानाकर्षण गराउदै यथार्थ विषय सार्वजनिक गर्न माग गरेको छ । समितिले विभिन्न ११ वटा विषयमा ध्यानाकर्षण गराएको हो । क्रिकेट रंगाशालाको लागि डिपीआर बनेको नबनेका साथै बनाएको हो भने कति लागतमा, कहिले सम्म सम्पन्न गर्ने र यसको स्रोता के भनि सोधिएको छ । विद्यालयको नाममा दर्ता कायम रहेको जग्गामा टोल विकास संस्था मार्फत सम्झौता गरेर कुनै अमुक व्यक्तिलाई ठेक्का दिन स्थानीय शासन सञ्चालन ऐनले दिन्छ कि दिदैन भनिएको छ । 

सम्याउदा निस्कने कच्चापदार्थ विक्रि वितरण गर्दा टेण्डर आह्रान गर्नुपर्छ या पर्दैन भनि सोधिएको छ । योजना सञ्चालन हुने ठाउँमा प्राविधिक राख्न किन आवश्यक ठानिएन, प्राविधिक इष्टमेट भन्दा बढी उत्खनन भएको जानकारी आम सर्वसाधारण एवम् विद्यालयले गराउदा समेत अनुगमन र नियमन किन गरिएन भनिएको छ । शुक्लागण्डकी–८ को किमलडाडँ घाट को विषयमा सञ्चारमाध्यममा यति धेरै विषय आउदा नगरपालिका किन मौन छ भनिएको छ । साथै उत्खनन स्थलमा उत्खनन गरिएको कच्चा पदार्थको यकिन परिमाण सार्वजनिक गर्न माग गरिएको छ । 
नगर प्रमुख पण्डितले सार्वजनिक महत्वको विषयमा ध्यानाकर्षण गराएकोमा धन्यवाद दिदै सकरात्मक सुझावलाई ग्रहण गर्दै जाने बताए । साथै उनले अनुगमन समितिमार्फत यस विषयमा छानवीन गरिने जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस