• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 03:40:47
  • ON AIR
  • UP NEXTBhakti Darshan

गाउँफकोर्दय माविको जमिन उत्खननः कार्यपालिकामा छलफलनै भएको छैन–कुमाल

दुलेगौंडा, ६ असार । नेकपा एमाले स्थानीय पालिका सभा दलले गाउँफकोर्दय माविको जमिनमा उत्खनन गर्ने विषयमा कार्यपालिका बैठकमा छलफलनै नभएको बताएको छ । 

बुधवार भएको १ सय ३३ औं कार्यपालिका बैठकमा कार्यपालिका सदस्य खिम बहादुर कुमालले १ सय ३२ औं कार्यपालिका बैठकमा कुनै छलफलनै नभएको विषय माइन्यूटमा थप गरि आएको भन्दै यसको जिम्मेवारी नलिने प्रष्ट पारे । नेकपा एमाले स्थानीय पालिका सभा दलको फेसबुक पेजमा सार्वजनिक गरिएको भिडियोमा नगर प्रमुखले तोक आदेशमा गरेको निर्णयको भारी समग्र कार्यपालिका बैठकले नलिने बताए । बैठकमा छलफल गरि भएका निर्णय  हामी लिन्छौं, उनले भने, बैठक छलेर ल्याएको  जिम्मेवारी नगर प्रमुख र उपप्रमुखले लिनुहोस । 

<iframe width="700" height="400" src="https://www.youtube.com/embed/TQ093UBKlxM" title="शुक्लागण्डकी नगरपालिकाको १ सय ३३ औं कार्यपालिका बैठकमा खिम कुमाल । khim Kumal" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>


तपाईहरु १० वटा निर्णय थप्नुहुन्छ । जनताले उठाएको विषय सामान्य होइन, यो सामान्य होइन, हामी सच्चिनु पर्दैन, उले भनेका छन् । किमलडाँडा र गाउफर्कोदय माविको जमिन उत्खननको विषयमा नगरपालिकाको आधिकारिक धारण के हो ? उनले प्रश्न गरेका छन् । उनले कसैले अनुगमन नगरेको बताए । ‘तपाईहरुले दिएको अनुमति तपाईहरुनै बसेर हल गर्नुस, कुमालले भने,  सबै जिम्मेवारी हामीले लिदैनौं ।’ 

‘राम्रो काम मेयर, उपमेयरले गरेको भन्ने, नराम्रो काम एमालेका १४ जना सदस्यलाई जिम्मा लगाउने । जनतालाई कति ढाट्नुहुन्छ ?’  उनले गौंरवको आयोजना भन्दै एक सय ÷डेढ सय घनमिटर परिणाममा नदिजन्य पदार्थ विक्रि गर्न दिनु गलत भएको टिप्पणी गरे । 
 

प्रतिकृया दिनुहोस