• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 03:40:47
  • ON AIR
  • UP NEXTBhakti Darshan

शुनपा कार्यपालिकाः व्यक्तिको एक भिडियोले रोकिन्छ  कार्यपालिका निर्णय 

दुलेगौंडा, ६ असार । तनहुँको शुक्लागण्डकी नगर कार्यपालिकाले गरेको निर्णय एक व्यक्तिको भिडियो बाहिरिएपछि रोकिएको छ । समृद्ध शुक्लागण्डकीकालागि युवा अभियानका संयोजक शंकर पन्तले गाउँफर्कोदय माविको जमिनमा भएको उत्खननको विषयको भिडियो सामाजिक सञ्जालमा राखेका थिए । भिडियो सार्वजनिक भएपछि कार्यपालिका बैठकले गरेको निर्णय नै रोकिएको छ । यहाँ साँझेदारीमा ८० लाख रुपैयाको लगानीमा प्रादेशिक क्रिकेट रंगशाला निर्माण शुरु गर्ने विषय भनेपनि सम्याउदा निस्कने हजारौं घनमिटर नदिजन्य पदार्थले चर्चा पाएको छ । वातावरणीय प्रभाव मुल्यांकन अनुसार २० सेन्टिमिटर गहिराई भन्दा तल उत्खनन गर्न नहुनेमा बढि उत्खनन भएको आरोप छ । पटक पटक स्थानीयले अनगुमनकालागि आग्रह गरेपनि नगरपालिकाको उपस्थिति नभएको स्थानीयले बताए । 

शुक्लागण्डकी नगरपालिका वडा नं. ८ स्थित गाउँफर्कोदय माविको १ सय ७० रोपनी क्षेत्रफलमा रहेको खेल मैदानमा समाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी र शुक्लागण्डकी नगरपालिकासँगको ४०÷४० लाख रुपैयाको साझेदारीमा  प्रादेशिक क्रिकेट रंगशालाको रुपमा विकास गर्न विनियोजन गरेको रकम सदुपयोग भन्दै हजारौं घन मिटर नदिजन्य पदार्थ विक्रि शुरु गरिन्छ  ।  नगर कार्यपालिका बैठकले गरेको निर्णयलाई आधार मान्दै विद्यालयले पनि आफू मातहतको जमिनलाई उत्खनन्कोलागि सहजिकरण गरेको पाइएको छ । वातावरणीय प्रभाव मुल्यांकन गरि मैदान सम्याउदा आउने २१ हजार ९ सय घनमिटर नदिजन्य पदार्थ उत्खनन् शुरु हुन्छ । तर उत्खन्नकोबेला अनुगमन र कति घनमिटर लगियो भन्नेबारे एकिन तथ्यांक विद्यालयसँग छैन । 

विद्यालयको जमिनमा खेल मैदान बन्दै छ । विद्यालयलाई आधिकारिक रुपमा थाहा हुदैन । स्थलगत अनुगमनबाट बुझिन आएको भन्दै विद्यालयले जेठ १ गते जानकारी उपलब्ध गराइदिन नगरपालिकाई पत्राचार गर्छ । विद्यालयका प्रधानाध्यापक विमल प्रसाद सिग्देलद्धारा हस्ताक्षरित पत्रमा रंगशाला बनाउने कार्य शुरु भएको स्थलगत अनुगमनबाट बुझिन आएकाले उक्त निर्माण कार्य के कसरी हुन लागेको हो, सो को बारेमा विस्तृत रुपमा जानकारी विद्यालयलाई उपललब्ध गराइदिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपिसहित अनुरोध गरिन्छ भनिएको छ । यसको भोलिपल्टै जेठ २ गते सहजिकरण र समन्वय सम्बन्धमा भनेर नगरपालिकाले विद्यालयलाई पत्राचार गरेको देखिन्छ । कार्यबाहक नगर प्रमुख खुम बहादुर विक राजुले हस्ताक्षर गरि पठाएको पत्रमा नगर कार्यपालिका बैठकले उक्त स्थानमा प्रारम्भिक वातावरणीय परिक्षण अनुसार सतह मिलान गर्दा निस्कने निर्माणमुखी सामाग्री तोकिएको राजश्व नगरपालिकामा दाखिला गरी सामाग्री व्यवस्थापनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरिएको हुदा योजना सञ्चालनको रेखदेख तथा सामाग्री व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नुहुन जानकारी गराईन्छ ।  


त्यसपछि जेठ १८ गते प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले रकम जम्मा भएको पत्र विद्यालयलाई पठाएको देखिन्छ । मैदान सम्याउदा निस्कने २१ हजार ९ सय ९७.९ घनमिटरको मुल्य अभिवृद्धि कर र अग्रिम आयकर क्रमशः ९ लाख ९ हजार ५० र १ लाख ४ हजार ८ सय ९० रुपैया आन्तरिक राजश्व कार्यालय दमौलीको खातामा जम्मा भइसकेको र २९ लाख ८६ हजार ५८ रुपैया शुक्लागण्डकी नगरपालिकाको आन्तरिक राजश्व खातामा दाखिला भएको जानकारी गराइएको छ । साथै बाँकी ४७ लाख ५ हजार ९० रुपैया यथाशिघ्र दाखिला गरी भौचर कार्यालयलाई उपलब्ध गराउन विद्यालयलाई भनिएको छ । तर खातामा दाखिला गरिएको रकम विद्यालयले होइन क्वालिटी एग्रोगिटले जम्मा गरेको छ । विद्यालयसँग त पैसै छैन । अर्कोतर्फ क्वालिटी ग्रिट क्रसर प्रालि यहाँ कसरी जोडियो । नगर र आन्तरिक राजश्व कार्यलयमा रकम किन दाखिला गरियो । यसैगरी जेठ ३२ गते विद्यालयका प्रधानाध्यापक सिग्देलले उत्खननको जिम्मेवारी नलिने भन्दै सम्पूर्ण निर्माण कार्यको जिम्मेवारी नगरपालिकानै हुने व्यहोराको पत्र नगरमा पठाएका छन् । 

विद्यालयका प्रधानाध्यापक विमल प्रसाद सिग्देलले विद्यालयले अरु केहि जिम्मेवारी नलिने सहमति भएको बताए । वडा र नगरले नदिजन्य पदार्थ खरिद गर्ने संस्था खोज्ने र विद्यालयले सहजिकरण गर्ने मात्र हो, उनले भने । उनले क्वालिटी एग्रिगेटबाट नगरपालिकामा राजश्व दाखिला भएको जानकारी दिए । विक्रि गरेबापत विद्यालयलाई केहि योजना पार्ने सहमति भएको उनको भनाई छ । २÷४ लाखको कुरा नगर्नुस, नगरपालिकाले योजना दिन्छ, हामी नै जिम्मेवारी लिन्छौ, विद्यालयले सहजिकरण गर्नुपर्छ भन्ने अनुरोध भयो, त्यसै अनुसार उहाँहरुबाट पठाएको पत्रको आधारमा  यो जिम्मेवारी विद्यालय हुदै वडा, नगर, पार्टी प्रतिनिधी र प्रदेशले समेत हुदैछ भनेर पत्राचार गरेको हुँ । 


उनले दैनिक रुपमा कति उत्खनन् भन्नेबारेमा विद्यालयमा कुनै जानकारी नरहेको प्रष्ट पारे । उत्खननकोलागि आधिकारिक सम्झौता कसैसँग नभएको सिग्देलले जानकारी दिए ।
वडा नं. ८ का अध्यक्ष नारायणसिं थापाले  टेण्डर प्रक्रियाबाट जादा समय लाग्ने भएकाले टोल विकास संस्थालाई निर्माणको जिम्मेवारी दिएको उल्लेख गरे । कार्यपालिका बैठकले जमिन सम्याउन विद्यालयलाई सहजिकरण गर्न दिने निर्णय भएको वडा अध्यक्ष थापाले बताए । विद्यालयलाई ६ कोठे भवन नगरले बनाउने सहमति भएको उनले जानकारी दिए । वडा अध्यक्ष थापाले राष्ट्रिय गौरवको आयोजनाकालागि नदिजन्य पदार्थ विक्रि गरेको दाबी गरे । 


नगर प्रमुख कृष्णराज पण्डितले क्रिकेट रंगशाला निर्माणकालागि प्रदेशबाट ढिला निर्णय भएको बताए । नगरले टेण्डर प्रक्रियाबाट जादा  लामो समय लाग्ने र विद्यालयले सम्झौता गर्न नमिल्ने भएपछि टोल विकास संस्थाले सम्झौता गरेको उनको भनाई छ । उनले उत्खननको विषयमा विवाद आएको बताउदै अनुगमन समिति बनाउने बताए । नगर उपप्रमुख खुम बहादुर विक राजुले कार्यपालिका बैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्न नगर प्रमुखको अनुपस्थितीमा आफूले विद्यालयलाई सहजिकरणकोलागि पत्राचार गरेको बताए । 

प्रतिकृया दिनुहोस