• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 03:40:46
  • ON AIR
  • UP NEXTBhakti Darshan

शुक्लागण्डकीमा जुवातास खेल्ने पाँचजना पक्राउ 

दुलेगौंडा, ४ असार ।  तनहुँमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–५, भीमसेनटोलका ३३ वर्षीय सुजनकुमार राना, ४२ वर्षिय दिपक कुमार श्रेष्ठ, ४० वर्षिय विकास विक्रम पालिखे, ३० वर्षिय गणेश गुरुङ र ५२ वर्षिय सरिफ कुमार चन्द रहेका छन् । स्थानीय इन्द्रबहादुर पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 


नगद ७३ हजार ४ सय २५ रुपैयाँ र चार बुक ताससहित सोमबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दिपक कुमार  रायले बताए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस