• शुक्रबार ७-१६-२०८१/Friday 11-01-2024
  • 08:12:45
  • ON AIR Nepal Chautari
  • UP NEXTNepal Khabar

एक्लेडाडाँमा बुद्धको प्रतिमा बनाइने

दुलेगौंडा, ३ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ को पर्यटकीयस्थल एक्लेडाडाँमा बुद्धको प्रतिमा बनाइने भएको छ ।

बुधवार वडा कार्यालयमा वडा नं. ८ को कार्यालय र गुरुङ मगर साँस्कृतिक एकता समाजबीच २९ फिट अग्लो बुद्धको प्रतिमा निर्माण गर्न सम्झौता भएको हो । वडा अध्यक्ष नारायणसिं थापा र समाजका अध्यक्ष मनराज गुरुङबीच वडाले एकता समाजलाई प्रतिमा निर्माणमा सहयोग गर्ने र वडाले प्रतिमाको संरक्षणसहितको सम्पूर्ण स्वामित्व लिने विषयमा सम्झौता भएको हो ।

धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित हाल सो स्थानमा पूर्वाधार निर्माण भइरहेको वडा अध्यक्ष थापाले बताए । उनले डिपीआर अनुसार पर्यटकीय गन्तव्यको रुपमा गति लिदै गरेको यस क्षेत्रलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । वडा एक्लैले ठुला योजना बनाउन नसक्ने हुदा नगर, प्रदेश र संघीय सरकारसँग हातेमालो गर्ने उनले उल्लेख गरे । गुरुङ मगर साँस्कृतिक एकता समाजका अध्यक्ष गुरुङले गौतम बुद्ध सबैको साँझा व्यक्ति भएकाले बुद्धको मुर्ति निर्माणपछि समग्र नगरको प्रचारमा सघाँउनले विश्वास व्यक्त गरे । एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँको पूर्वाधार निर्माणका लागि डिपिआर तयार भइसकेको छ । यस ठाउँलाई उजागर र प्रचार प्रसार गरि पर्यटकीय गन्तव्य बनाउन एक्लेडाडाँ पर्यटन प्रवद्धन समिति समेत हालै गठन गरिएको छ ।

समितिका अध्यक्ष विपेन्द्रसेन ठकुरीले बुद्धको प्रतिमा निर्माणपछि यसको थप प्रवद्धन हुने बताए । डिपिआरअनुसार पूर्वाधार निर्माणका लागि १२ करोड ५३ लाख ३४ हजार ४०१ रुपैयाँ बजेट आवश्यकपर्ने देखिएको छ । यसैगरी पृथ्वीराजमार्गअन्तर्गत लेखनाथदेखि म्याग्देसम्मबाट देखिने गरेर स्तनपान गराइरहेकी महिलाको विशाल मूर्तिसमेत निर्माण गर्ने योजना छ । १०८ फिट अग्लो हुने मोर्तिको मात्र लागत ३ करोडको रहेको छ ।

प्रतिकृया दिनुहोस