• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
  • 01:10:49
  • ON AIR
  • UP NEXTGyan Amrit

नेपाली काङग्रेसका जिल्ला सदस्य अम्विकाको अन्त्येष्टि

दुलेगौंडा, ३ बैशाख । नेपाली काङग्रेस तनहुँका जिल्ला सदस्य अम्विका घिमिरेको निधन भएको छ । गिजाको क्यान्सरबाट पिडित घिमिरेको आइतवार काठमाडौंमा निधन भएको हो ।

उनको सोमवार दमौलीस्थित मादी नदिको घाटमा अन्त्येष्टि गरिएको नेपाली काङ्ग्रेसका क्षेत्रीय सचिव सन्तोष घिमिरेले जानकारी दिए । गाउँफर्कोदय माविका पूर्व प्रधानाध्यापक समेत रहेका ६० वर्षिय घिमिरेले बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसमा १६ वर्ष अध्यापन गराएका थिए । ढोरफिर्दीस्थित सहिदकृष्ण क्याम्पसमा समेत उनले अध्यापन गरेका थिए । चार वर्षअघि क्यान्सर भएको निक्र्यौल भएपछि भारतको  नयाँदिल्लीस्थित राजिवगान्दी क्यान्सर अस्पतालमा उपचार गराउदै आएका थिए ।  बुबा, आमा, श्रीमती र २ छोरा छन् । बौद्धिक व्यक्तित्व घिमिरेको असमायिक निधनले पार्टीलाई अपुरणिय क्षति पुगेको नेपाली काङग्रेसले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस