• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
  • 05:19:20
  • ON AIR Gyan Amrit
  • UP NEXTShuklagandaki Samachar

शुक्लागण्डकीको ज्ञान बगैचाको शान्ति क्लव सर्वोत्कृष्ट क्लव 

दुलेगौंडा, ३ बैशाख । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा रहेको ज्ञान बगैचा इङ्लीस बोर्डिङ स्कुल शान्ति क्लवमा उत्कृष्ट हुन सफल भएको छ । स्कुल अफ नन भायोलेन्सका राष्ट्रिय तथा अन्तराष्ट्रिय ५० क्ल्वमध्य ज्ञान बगैचा सर्वोत्कृष्ट भएको शान्ति क्लव संयोजक सृजना शर्माले जानकारी दिइन् । 


नयाँ शैक्षिक शत्र शुरु भएसँगै क्ल्व पुनःगठन गर्नुपर्ने भएकाले बैशाख अन्तिम साता आयोजना गरिने एक कार्यक्रमकाबीच उत्कृष्टताको प्रमाणपत्र प्रदान र सहयोग हस्तान्तरण गरिने शर्माले बताइन् । क्लव उत्कृष्ट भएसँगै करिव ६ सय डलर बराबरको विभिन्न सहयोग पाउने छ । सो विद्यालयमा तीन वर्षअघि द स्कुल अफ नन भायोलेन्ससँगको सहकार्यमा क्लव स्थापना गरि विभिन्न गतिविधि हुदै आएको छ । क्लबले रचनात्मक,  सामाजिक सेवा, नवप्रवर्तन, नेतृत्व, जागरूकता, सांस्कृतिक आदानप्रदानका साथै आत्म–विकासलाई बढावा दिनेदेखि सामुदायिक चेतना बढाउन, अन्तर्राष्ट्रिय आदानप्रदानलाई सहज बनाउने र पठन संस्कृतिको प्रवद्धन गर्ने कार्यहरु गर्दै आएको छ ।  
 

प्रतिकृया दिनुहोस