• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 10:25:07
  • ON AIR
  • UP NEXT

खैरेनीटारका मृगौला पिडित कुमाल परिवारलाई ६ लाख बढि सहयोग

दुलेगौंडा, १४ चैत । तनहुँको शुक्लागण्डकी–६, खैरेनीटारका मृगौला पिडित ३९ वर्षिय तिल बहादुर कुमालको परिवारलाई ६ लाख बढि सहयोग प्राप्त भएको छ । परिवारका ५ मध्य ४ जना विरामी परेर थला परेपछि एक हप्ता अघि उनको परिवारले यस क्षेत्रका सञ्चारमाध्यममाफृत सहयोगको याचना गरेका थिए । उनका छिमेकी मार्टिना कुमालका अनुसार विभिन्न संघसंस्था, व्यक्तिहरुबाट हालसम्म ६ लाख २४ हजार २ सय रुपैया संकलन भएको छ । रकम सहयोग भएपछि परिवारमा खुसीको सञ्चार छाएको उनले जानकारी दिइन् । 


तिल बहादुरका बुबा ७० बर्षिय मानबहादुर कुमाल ४ बर्षदेखि ओछ्यानमा सुतिरहेका छन् ।  खुट्टा झमझमाउने लगायतका समस्याले उनी उभिन समेत सक्दैनन् । दुवै मृगौलाले काम नगरेपछि आमाले मृगौला दिएपछि २०७१ सालमा उनले प्रत्यारोपण गरेका थिए । नियमित औषधी सेवा गरिरहेका तिल बहादुर अहिले ज्वरोले ग्रसित छन् । छोरालाई मृगौला दिएपछि ६९ बर्षिय आमा टुकमाया कुमालको स्वास्थ्य कमजोर हुदै गएको छ । तिलबहादुरकी श्रीमती शान्ति कुमाल डिस्चार्ज भएर घर फर्किएकी छिन् । उनी परिवारको अवस्थाले विरामी भइर पोखराको मणिपाल शिक्षण अस्पतालमा करिव एक हप्ता बस्नुपरेको थियो । सबैलाई औषधी उपचारमा मासिक रुपमा ठूलो रकम जोहोगर्नुपर्ने भएपछि उनीहरुलाई थप समस्या हुदै गएको थियो ।

तिल बहादुरकी आमा टुक मायाले प्राप्त रकम औषधी उपचारमा खर्च गर्ने बताईन् । उनले  सहयोग रकमले आफूहरुलाई ठूलो राहत मिलेको बताउदै सहयोगी सबैलाई धन्यवाद दिइन् । 
 

प्रतिकृया दिनुहोस