• बुधबार १-१९-२०८१/Wednesday 05-01-2024
  • 06:15:21
  • ON AIR Kayakairan
  • UP NEXTNepali Bahas

जिपी अस्पताल विघट्न गर्न खोजेको भन्दै काङग्रेस शुक्लागण्डकीको आपत्ती

शुक्लागण्डकी–५, झरौटामा रहेको अस्पताल । फाइल तस्विर ।

दुलेगौंडा, ४ माघ । नेपाली काङ्ग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भएका अस्पताल विघट्न गर्न खोजेको भन्दै आपत्ती जनाएकोे छ । 


नेपाली काङग्रेस शुक्लागण्डकी नगर कार्यसमितिले विहिवार विज्ञप्ती निकाल्दै लोकतान्त्रीक आन्दोलनका शिखर पुरुष गिरीजाप्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वार उपचार केन्द्रको संघीय सरकार मातहत सञ्चालन नगरी खारेजीमा लैजाने भन्ने निर्णय सार्वजनिक भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नगर सभाति माधव भट्टराईद्धारा जारी विज्ञप्तीमा शुक्लागण्डकी–५, झरौटामा रहेको सो अस्पताल नगरकै गौरवको रुपमा रहेको भन्दै सरकारको निर्णयले प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष कोइरालाको घोर अपमान भएको उल्लेख छ । सो अस्पताललाई केन्द्रिय अस्पतालको रुपमा सञ्चालनको निरन्तरता दिई स्तरीय श्वासप्रश्वास अनुसन्धान केन्द्रका रुपमा विस्तार गर्न माग गरिएको छ । 


साथै जनदबाव सृजना स्थानीय सरकार, जनप्रतिनीधी, नागरिक समाज लगायत सम्पूर्णलाई आग्रह गरिएको छ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा पूर्व प्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रिय स्तरकै श्वासप्रश्वास उपचार केन्द्र तनहँुको झरौटामा स्थापना गर्ने निर्णय गरेको थियो । भरतपुरमा वीपी कोइराला क्यान्सर अस्पतालको स्थापना पछि भरतपुर मेडिकल सिटीको रुपमा विकास भएपनि सेती गंगा सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरेको  लामो समयसम्म पनि स्तरवृद्धि नहुदा धरैले चासोपूर्वक हेरेका छन् । 


शुक्लागण्डकीको जिपी कोइराला अस्पतालसँगै बाँकेमा  रहेको स्व सुशील कोइरालाको नाममा स्थापित क्यान्सर अपस्ताल विघटन गर्ने प्रक्रिया अघि बढाएको काङग्रेसले जनाएको छ । यसअघि काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमवार राजधानीमा पत्रकार सम्मेलन गरी अस्पताल विघटन गर्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति प्रकट गरेका थिए । 
 

प्रतिकृया दिनुहोस