• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
  • 07:12:17
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTGrihini Sansar

न्यायको माग गर्दै शुक्लागण्डकीमा प्रदर्शन

दुलेगौंडा, २० मंसिर । कञ्चनपुरकी १३ वर्षिय बालीका निर्मला पन्तको न्यायको लागि आवाज उठाउदै शुक्लागण्डकीमा युवाहरुले प्रदर्शन गरेका छन् । शुक्लागण्डकी–४, विपिचोकबाट शुरु भएको ¥याली खैरेनीटारमा पुगि कोणसभामा परिणत भएको थियो ।


सहभागि युवायुवतीहरुले बलात्कारीलाई फाँसी दे, सत्यतथ्य उजागर गर, पिडितलाई न्याय द,े न्यायको अधिकार सुनिश्चित गर, सरकारी हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए । ‘देशभर विरोधका कार्यक्रम भइरहदा यहाँ कसैले नेतृत्व गरेन, ‘सहभागी जिवन कोइरालाले भने आम युवाहरु सहभागी भई दबाब दिने उदेश्यले कार्यक्रम गरेका हौं ।’ 


स्थानीय युवा गणेश क्षेत्रीले सरकारले आखा खोलेर चाडो न्याय दिनुपर्ने बताए । ‘घट्नालाई ढाकछोप गर्न प्रमाण नष्ट गरिएको छ,’ उनले भने, ‘प्रमाण नष्ट गर्ने सबैलाई कार्वाही गर्नुपर्छ  ।’ घट्नाको दोषी पत्ता नलागेपछि देशभर आन्दोलन भइरहेको छ । छोरीकै कारण हाल निर्मलाका बुबा विरामी छन् । 
 

प्रतिकृया दिनुहोस