• आइतबार ८-९-२०८१/Sunday 11-24-2024
  • 01:29:05
  • ON AIR
  • UP NEXTBhakti Darshan

शुक्लागण्डकी र म्याग्देमा अनधिकृत व्यक्तिबाट विद्युत महसुल उठाएको भन्दै सचेत रहन अपिल

दुलेगौंडा, ८ मंसिर । विद्युतको महसुल अनधिकृत व्यक्तिले भुक्तानी लिएको भन्दै नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रले सचेत रहन ग्राहकलाई आग्रह गरेको छ । सो वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा महशुल संकलन कार्यमा अनधिकृत व्यक्तिहरुले महशुल भुक्तानी गरिलिएको भन्ने गुनासो तथा सुचना आएकाले कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ । लेखनाथ वितरण केन्द्रका केन्द्र प्रमुख इन्जिनीयर राजकुमार रणमले अपरिचित व्यक्ति आएर भुक्तानी मागेमा नजिकको प्रहरी कार्याल, नो लाईट तथा कार्यालयमा सम्पर्क गरि सहयोग गरिदिन अपिल गरेका छन् । उनले विद्युतको महशुल भुक्तानी कार्यालयले तोकेको महशुल काउन्टर तथा आधिकारिक अनलाईन सेवा प्रदायकबाट भुक्तानी गर्न आग्रह गरे । केहिदिन अघि शुक्लागण्डकी–८ को किमलडाँडा र म्याग्दे–५ थाङ्दीका ग्राहकको केहि घरमा पुगेर महशुल उठाउने गरेको पाइएको हो । विद्युत अफिसबाट आएको भन्दै, केन्द्रका कर्मचारीले रिडिङ गरेको बील माग्ने र पैसा लिने अनि बीलमा नक्कली छाप हानेर हिड्ने गरेका छन, केन्द्रका प्रमुख रमणले भने, यस्ता अपरिचित व्यक्तिबाट सचेत रहनुहोला ।

प्रतिकृया दिनुहोस