भेटेरेनरी र किराना पसलमा आकस्मिक अनुगमन

दुलेगौंडा, १३ असोज ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न किराना पसल र भेटेरेनरी तथा विज भण्डारको सोमवार अनुगमन गरिएको छ । म्याद गुज्रिएका सामान राखेर बनाइएका भाइमसला र अत्याधिक मुल्यमा विक्रि भइरहेको गुनासोपछि आकस्मिक रुपमा अनुगमन गरिएको राजश्व शाखाका प्रमुख रामचन्द्र सुवेदीले जानकारी दिए । साथै विज भण्डारमा ट्याग विनाका आलुका विउ विक्रि भइरहेको जनगुनासो भएपछि अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा सडक छेउमा तिहारका लागि राखिएका भाइटिका, रङ र भाइमसला जफत गरिएको छ । साथै ट्याग विना विक्रिका लागि राखिएका आलुका विउ समेत जफत गरिएको सुवेदीले उल्लेख गरे । ट्याग नलगाएका विउ खाने आलु हुन् । उनका अनुसार खैरेनीटार र दुलेगौंडा क्षेत्रका ८ वटा फर्ममा अनुगमन गरिएको हो । राजश्व शाखाका प्रमुख सुवेदी, पशु शाखाका प्रतिनिधी, नगर प्रहरी, नेपाल प्रहरी, पत्रकार लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।
प्रतिकृया दिनुहोस