• आइतबार ७-१८-२०८१/Sunday 11-03-2024
  • 01:26:31
  • ON AIR Sangit Darpan
  • UP NEXTShuklagandaki Samachar

वाराही लहरी बचत तथा ऋण सहकारी १७ औं वार्षिक साधारणसभा सम्पन्न

दुलेगौंडा, १९ असोज । वाराही लहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डकी–८ को १७ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
साधारणसभाको गर्दै जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष एवम् राष्ट्रिय सहकारी बोर्डका कार्यकारी सदस्य प्रदिपराज अधिकारीले उद्घाटन गर्दै केहि सहकारीका कारण निति नियममा चलेका सहकारीलाई समेत अहिले विभिन्न आरोपहरु लाग्न थालेको बताउदै सहकारीका सिद्धान्त अनुसार चल्नुपर्नेमा जोड दिए । सहकारीका अध्यक्ष भानुभक्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं। ८ का अध्यक्ष नारायणसिं थापा, सहकारीका सचिव विष्णु प्रसाद पोख्रेल, शेयर सदस्य विष्णु बहादुर महत लगायतले बोलेका थिए । 
सो अवसरमा पेश गरिएको सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो । कुल ४ सय ७४ शेयर सदस्य रहेको सो सहकारीको शेयर पँुजी ३ करोड ७२ लाख रुपैया रहेको छ ।

प्रतिकृया दिनुहोस