भूमिगतरूपमा चल्ने पानीको लहरीले ढोरबाराही मन्दिरको महिमा र महत्व उच्चः मन्त्री पाण्डे
दुलेगौंडा, १९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री वद्रिप्रसाद पाण्डेले शुक्रवार ढोरबाराही मन्दिरको दर्शन गरेका छन् । तनहुँको शुक्लागण्डकी–९ स्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र ढोरबाराही मन्दिर परिसरमा शुक्लागण्डकी नगरपालिकाको आयोजना र ढोरेली सेवा समाज काठमाडौंले समन्व्यमा आयोजित ढोरवाराही मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व र यसको दीर्घकालीन विकास सम्वन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको अवसरमा मन्त्री पाण्डेले मन्दिरको दर्शन गरेका हुन् । सो अवसरमा मन्त्री पाण्डेले रहस्यमय ढङ्गले भूमिगतरूपमा चल्ने पानीको लहरीले ढोरबाराही मन्दिर क्षेत्रको महिमा र महत्व उच्च रहेको बताए । उनले तीनै तहको समन्वयमा मन्दिरको विकासकोलागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रतितिधि सभा सदस्य शंकर भण्डारीले गुरुयोजना निर्माण गरि मन्दिरको वृहत्तर विकास गर्नुपर्नेमा जोड दिए । नेपाल पर्यटन वोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले ढोरबाराही मन्दिर पोखराबाट नजिकै रहेकाले पर्यटकको आगमन बढ्दै जाने बताए । नगर प्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व मन्त्री एवम् संविधान सभा सदस्य आशा कोइराला, ध्रुव वाग्ले, प्रदेश सभा सदस्य श्याम राजा महत, वातावरणविद एकराज सिग्देल, ढोरेली सेवा समाज काठमाडौंकी अध्यक्ष शिव कुमारी कार्की, स्थानीय शिवशंकर बानीया, अम्बिका भट्टराई लगायतले मन्दिरलाई गुठिबाट सञ्चालन गर्नुपर्नेमा जोड दिका थिए ।
सो मन्दिर दुलेगौडाबाट करिव ५ किलोमिटर टाढा रहेको छ । मन्दिरमा देशभरबाट भक्तजन आउने गरेका छन् । प्रत्येक आधी घण्टामा प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको ठूलो लहरी छुट्ने कारण यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय महत्वलाई बढाएको छ ।
प्रतिकृया दिनुहोस