• शुक्रबार ६-२५-२०८१/Friday 10-11-2024
  • 05:02:11
  • ON AIR Shuklagandaki Samachar (Local)
  • UP NEXTBal Prativa

शुक्लागण्डकीमा बजार अनुगमन शुरु

दुलेगौंडा, १३ असोज । चाडपर्व शुरु भएसँगै शुक्लागण्डकी नगरपालिकाले  बजार अनुगमन शुरु गरेको  छ । आइतवार शुक्लागण्डकीको मुख्य बजार दुलेगौंडा क्षेत्रका करिव ४ दर्जन दैनिक उपभोग्यका समाग्री, फ्रेस हाउस, बेकरी हाउस पसलमा अनुमगन गरिएको हो । अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु जफत गरीएको छ । नगरले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु जफत गरेको हो ।  राजश्व शाखा प्रमुख रामचन्द्र सुवेदीको नेतृत्वमा अनुगमन गरिएको हो । विगतका वर्षहरुको तुलनामा हिजोआज म्याद गुज्रिगएका बस्तु कम भेटिएको सुवेदीले बताए । उनले पसल दर्ता नगरेका र नविकरण नभएकालाई वडा र सम्बन्धित कार्यालयमा दर्ता र नविकरणकोलागि समय दिइएको जानकारी दिए ।

जफत गरिएको बस्तुलाई सबै स्थानमा सकिएपछि नष्ट गरिने उनको भनाई छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नं। ४ का सभापति बालकृष्ण विकले नगरसँग सहकार्य गरी अनुगमन गरिएको बताउदै नियमित रुपमा बजार अनुगमन हुनुपर्नेमा जोड दिए । हिजोआज चाडपर्व आएपछि मात्र अनुगमन हुने गरेको छ, हामी त १÷२ महिनामा नियमित गर्नुपर्ने पक्षमा छौं, उनले भने । अनुगमनका क्रममा व्यवसायीले समेत नियमित रुपमा अनुगमन नभएको गुनासो गरेका थिए । अनुगमनमा विभिन्न शाखाका प्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ, नगर प्रहरी, नेपाल प्रहरी, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समितिका प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस