• शुक्रबार ६-२५-२०८१/Friday 10-11-2024
  • 05:48:04
  • ON AIR Bal Prativa
  • UP NEXTNepal Khabar

वृहत निशुल्क स्वास्थ्य शिविरमा ८ सय ९० जना लाभान्वित 

दुलेगौंडा, १२ असोज । एग्बोसा काठमाडौं तथा सूर्य नेपाल प्रालिको आयोजनामा शुक्लागण्डकीमा शनिवार आयोजित वृहत निशुल्क स्वास्थ्य शिविरमा ८ सय ९० जना लाभान्वित भएका छन् । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकासँगको समन्वयमा सम्पन्न शिविरमा निरन्तरको झरिका बाबजुद म्याग्दे, शुक्लागण्डकी, भिमाद पालिकाबाट स्थानीय र विद्यार्थी आएका थिए । शिविरमा सहजतकालागि कुश्मावती मावि र सरस्वती नमुना माविको बसले निशुल्क रुपमा यातायात सेवा दिएको थियो । 


शुक्लागण्डकी–७ सेराटारस्थित कुश्मावती माविको प्राङ्गणमा भएको शिविरमा विभिन्न अस्पतालका ५० बढि विशेषज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण गरेका सूर्य नेपाल प्रालि उद्योगका मानव संसाधन प्रमुख अन्जान दुवाडीले जानकारी दिए । 


वीर अस्पताल, शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज लगायतका अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सकले स्वास्थ्य परिक्षण गरेका थिए ।  शिविरमा स्त्री रोग, चिनी तथा थाइरायड रोग, दन्त रोग, मृगौला सम्बन्धी रोग, नाक कान, घाटी रोग, फोक्सो सम्बन्धी रोग, बच्चाको रोग, छाला रोग, हाडजोर्नी, पेट सम्बन्धी, नशा तथा स्नायु, मुटु, आखा सम्बन्धी रोगका विशेषज्ञले परिक्षण गरेका थिए ।  साथै भिडियो एक्सरे र निशुल्क औषधी समेत प्रदान गरिएको थियो ।  
 

प्रतिकृया दिनुहोस