तमुस्यो हयूल छोज धीं शुक्लागण्डकीको अध्यक्षमा नौं माया
दुलेगौंडा, २४ साउन । तमुस्यो हयूल छोज धीं शुक्लागण्डकीको प्रथम नगर भेलाले नौ माया गुरुङको अध्यक्षतामा १८ सदस्यीय समिति चयन भएको छ ।
खैरेनीटारमा विहिवार भएको भेलबाट उपाध्यक्षमा नरदेवी गुरुङ, सचिवमा कुसुम गुरुङ, कोषाध्यक्षमा प्रतिमा गुरुङ चयन भए । सदस्यहरुमा शोभा गुरुङ, अनिता गुरुङ, आशा गुरुङ, सुना गुरुङ, दिलु गुरुङ, अमृता गुरुङ, सञ्जु गुरुङ, डिलु गुरुङ लगायत रहेका छन् । तमु ह्युला छोंज धिँ (गुरुङ राष्ट्रिय परिषद) शुक्लागण्डकी नगर समितिका अध्यक्ष मनराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तमुस्यो ह्युला गण्डकी प्रदेशकी सचीव तथा बन्दिपुर गाउँपालिकाकी पूर्व उपाध्यक्ष करुणा गुरुङ, ह्युलाका तनहुँ जिल्ला अध्यक्ष देब बहादुर गुरुङ, तमुस्यो ह्युला तनहुँकी अध्यक्ष सुक माया गुरुङ लगायतले बोलेका थिए ।
शुक्लागण्डकी अन्तरगत रहेका १३ वटा गुरुङ समाजहरुको भेलामा सहभागिता रहेको थियो । संस्थाकी कोषाध्यक्ष रुपा गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सह–सचिव प्रज्वल गुरुङले गरेका थिए ।
प्रतिकृया दिनुहोस